माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विका"/>
2026-07-25 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली विकासको ठोस योजना ल्याउन प्रमको निर्देशन

माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

परम्परागत तबरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रियाले गति लिन नसक्ने, मानव विकास प्रक्रियासमेत प्रभावकारी रुपमा अगाडि बढ्न नसक्ने तथा राष्ट्रिय आवश्यकता पूरा नहुने भएकाले कार्ययोजना, लागतसहितको योजना ल्याउन निर्देशन दिएका हुन् ।

उनले कर्णाली क्षेत्रको जडिबुटी, कृषि, पर्यटन, ऊर्जा क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘विगतका जस्ता कागजी योजनाले मात्रै कर्णाली क्षेत्रको विकास हुनसक्दैन । कार्ययोजना बनाउँदा कार्यान्वयनको अवधि एवम् बजेटको बारेमासमेत प्रष्ट व्यवस्था हुने गरी योजना प्रस्तुत गर्नुस् । कर्णालीलाई हेर्ने मानसिकतामा परिवर्तनको जरुरी छ ।’

पदाधिकारीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका थिए । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा चन्द्रकान्त पौडेल नेतृत्वको पदाधिकारी टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो ।

भेटमा आयोगका पदाधिकारीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । आयोगका अध्यक्ष पौडेलले यातायात, खाद्य सङ्कट, शिक्षाको पहुँच, जडिबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीजस्ता सवाल कर्णाली विकासका प्रमुख चुनौतीको रुपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरे ।

कर्णाली आयोगको गुरुयोजना बुझ्दै प्रधानमन्त्री दाहालले कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजना तयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गरेका थिए ।

प्रधानमन्त्रीले आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रिपरिषद् बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक