2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राप्रपा निर्वाचन क्षेत्र नम्बर–३ को अध्यक्षमा चक्रबहादुर मल्ल सर्बसम्मत

कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टि बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन आज बुर्तिबाङमा सम्पन्न भएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल विच एकता भएपछि आज देशैभर एकै साथ क्षेत्रीय अधिवेशन भएको हो । अधिवेशनको उद्घाटनपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपक कुँवर क्षेत्रीले पार्टि एकतापछिको राप्रपा बलियो भएको भन्दै आगमी निर्वाचनमा बैकल्पिक शक्तिको रुपमा स्थापित हुने दावि गर्नुभयो । 

उहाँले नेपालमा बहुसंख्यक नागरिक हिन्दु धर्ममा आस्था राख्ने भएकाले संविधिन संसोधन मार्फत हिन्दु राज्य कायम गर्न माग गर्नुभयो । संसोधनबाट नभए जनमत संग्रह गरेरै भएपनि नेपाललाई हिन्दु राज्य बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रशका महाधिवेशन प्रतिनिधि सोमबहादुर पौवि यामु, नयाँ शक्ति नेपालका क्षेत्रीय सहसंयोजक शंकर कुँवर र उत्तरगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर कुँवरले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

अधिवेशनले चक्रबहादुर मल्लको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । 

उपाध्यक्षमा मानबहादुर सिंह र दुर्गाबहादुर बुढा, सचिवमा रामबहादुर कुँवर क्षेत्री, सहसचिवमा मनप्रसाद घर्ती र कृष्ण श्रीस तथा कोषाध्यक्षमा लक्ष्मी कुँवर रहनुभएको छ । 

सदस्यमा दिपक कुँवर क्षेत्री, दुर्गाराज पाईजा, मन सिंह, प्रतिमान विक, मेघध्वज मल्ल, सोभा चन्द, भुनाकुमारी चन्द, ग्यामै विक, निमबहादुर भण्डारी, हरिप्रसाद श्रेष्ठ, जीबबहादुर बुढाथोकी, धनबहादुर पुन, बागदल श्रीस र भिमप्रसाद घर्ती रहनुभएको छ । 

अधिवेशनले निर्वाचन क्षेत्र नम्बर–२ का सवै गाविसका अध्यक्ष र एक÷एक जना महिला सदस्य रहने गरि जिल्ला अधिवशनका लागि प्रतिनिधि चयन गरेको छ । 

केन्द्रिय महाधिवेशनका लागि ९ जना प्रतिनिधि चयन गरेको छ । केन्द्रिय प्रतिनिधिमा चक्रबहादुर मल्ल, प्रतिमान विक, लक्ष्मी कुँवर, दुर्गाराज पाईजा, दुर्गाबहादुर बुढा, रामबहादुर क्षेत्री, मेघध्वज मल्ल र दिपक कुँवर क्षत्री रहनुभएको छ । अधिवेशनमा ७० जना प्रतिनिधि सहभागी थिए । 

राप्रपाको जिल्ला अधिवेशन माघ २५ गते बागलुङ बजारमा र केन्द्रिय महाधिवेशन फागनु ६ गतेदेखि ९ गतेसम्म काठमाण्डामा हुँदै छ । कार्यक्रम क्षेत्रीय अध्यक्ष चक्रबहादुर मल्लको अध्यक्षता, निमबहादुर भण्डारीको स्वागत मन्तव्य र रामबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई