पढ्न करिब 1 मिनेट लाग्छ

माघ २१, ताप्लेजुङ । ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी हुन आज सदरमुकाम आएका मन्त्री शर्माले पत्रकारसँग कुरा गर्दै निर्वाचन गर्ने सरकारको निर्णयसँगै प्रक्रियासमेत अघि बढिसकेकाले अब निर्वाचन गर्ने विषय कसैले रोक्न नसक्ने जिकिर गरे ।

अबको १५ दिनभित्र नै राजनीतिक रुपमा देखिएका समस्यालाई हल गरिने र एमालेलाई समेत साथमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढाइने सरकारको तयारी रहेको मन्त्री शर्माले बताए ।

पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमाथि मुलुकभरबाट गुनासा आएकाले तिनीहरुको बारेमा सुझाव पेस गर्न सरकारले कार्यदलसमेत बनाएको र उसले पाएको १५ दिनको अवधिभित्र एमालेलगायत दलसँग छलफल गर्ने मन्त्री शर्माको भनाइ छ ।