पढ्न करिब 2 मिनेट लाग्छ

माघ २२, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले अहिले कांग्रेस अभिभावकको भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ नवलपरासीको आयोजनामा सुक्रवार मनरीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य भट्टराईले कांग्रेसकै पालामा संविधान जारी भएकाले अहिले कार्यन्वयन गराउनका लागि कांग्रेसलेनै मुख्य भुमिका निर्वाह गरीरहेको बताउनु भएको हो ।

आसन्न स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार केन्द्रिय सदस्य भट्टराई संग्ठन विस्तार तथा कार्यकर्ताहरुलाई सक्रिय बनाउनका लागि नवलपरासीमा खटाईनु भएको छ । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उँहाले स्थानीय निकायको निर्वाचनमा कार्यकर्ताहरुलाई सक्रिय हुन निर्देशन दिदै निर्वाचनमा कांग्रेस पहिलो हुने दावी गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले पनि अहिले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा रहेकाले कार्यकर्ताहरु निर्देशन बमोजिम लाग्नु पर्ने धारणा राख्नु भयो । यस्तै नवलपरासी क्षेत्र नम्बर ५ का सांसद विक्रम खनालले नेपाली कांग्रेसले सञ्चालन गरेको आन्त्रिक सुधरीकरण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि क्षेत्र नम्बर ५ मा कार्यकर्ता भेला तथा समसामयिक विषयमा जानकारीका लागि आफुहरु लागि परेको बताउनु भयो ।

नवलपरासी क्षेत्र नम्बर ५ का सभापति दिनेश मणि पटेलको सभापतित्वमा भएको कार्यकर्ता भेला कार्यक्रममा पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सचिव बिक्रम यादव, विभिन्न भातृ संग्ठनका सभापति, ईकाई सभापति लगायतले आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव दिपक बरालले गर्नु भएको थियो ।