पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिक"/>
2026-06-27 09:43 AM
पर्बत - PBT

राष्ट्रिय जनमुक्ति पार्टीको मगरात राज्य परिषद पर्वतमा सम्पन्न

2017-02-07

पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तुलबहादुर सुनारी, मिना थापा रहेका छन् । त्यस्तै सचिवमा टक थापा(विरकट्टा) सहसचिवमा प्रज्ञा शाक्य, कोषाध्यक्षमा चेत बहादुर सारु, सहकोषाध्यक्षमा विष्णु माया थापा रहेको छन्। 

 मगरात जनपरिषदको कुश्मामा भएको भेलाले ९ बुदेँ राजनीतिक प्रस्ताब समेत पारित गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी जनमुक्ति पार्टीले मगरात राज्य परिषदले पारितक गरेका राजनीतिक प्रस्ताब बारे प्रेस विज्ञप्ती निकाली जानकारी गराएको हो ।

मगरात राज्य अन्तरगत १२ जिल्लाका प्रतिनिधी कार्यक्रममा सहभागी भएका थिए । मगरात परिषद भेलाले ९ बुदेँ राजनीतिक प्रस्ताब समेत पारित गरेको छ ।

जसमा संविधानसभावाट गठित राज्यको पुर्नसंरचना तथा राज्य शक्ति बाँडफाँड समिति र राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसारको प्रदेश निर्माण तथा नेपालको अन्तरिम संविधान ०६३ को धारा १३८  अनुसारको प्रदेशनहरु निर्माण गर्नुपर्ने, आदीबासी जनजाति, खसआर्य लगायतका क्लस्टरमा आधारित प्रतिनिधित्व हुनेगरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, जातीय संख्याका आधारमा समानुपातिक प्रतिनिधित्व भएको निर्वाचन प्रणाली संवैधानिक रुपमै कायम गर्ने, नेपालको संविधानको धर्मनिरपेक्षता सम्बन्धि स्पष्टीकरण हटाउनुपर्ने, नेपालमा बोलिने सवै मातृभाषालाई सरकारी कामकागजको भाषा बनाउनु संवैधानिक व्यवस्था, निर्वाचनमा थ्रेसहोल्ड राख्न नुहुने, स्थानीय निकायको नभइ पहिले संघीय संसद र प्रदेशहरुको हुनुपर्ने, पूर्व शैनिक मन्त्रालय गठन गर्नुपर्ने लगायतका प्रस्ताबहरु पारित गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी