2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

राप्रपाका अञ्चल सचिवसहित ६ जनाद्धारा पार्टी परित्याग

माघ २६, बिर्तामोड । राप्रपा नेपाल समेतको एकीकरण भई बनेको पार्टी राप्रपाले प्रजातान्त्रिक मान्यताभन्दा बाहिर गएर काम गरेको भन्दै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापाका छ जनाले पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका छन् । 

सो पार्टीका मेची अञ्चल सचिव कुमार भट्टराई, झापा संगठन विभाग सचिव पदम प्रसाईं, पूर्व केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य जगन्नाथ खनाल, झापा क्षेत्र नं. २ का उपाध्यक्ष रोशन विमली, जिल्ला सदस्य दुर्गा रिजाल, तेजबहादुर थापा र जिल्ला परिषद सदस्य खड्गप्रसाद ओडारीले बुधबार संयुक्त विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । 

राप्रपाका पूर्व जिल्ला सभापति लक्ष्मीप्रसाद ओडारीले समेत यसअघि नै पार्टी परित्यागको घोषणा गरेको बताइएका ेछ ।

‘राप्रपा नेपाल एकीकरणपछि राप्रपा भएको वर्तमान अवस्थामा पार्टीले राष्ट्र, राष्ट्रियता, हिन्दूत्व र प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गई काम गरेको हामीलाई महशुस भएको छ’– विज्ञप्तीमा भनिएको छ – ‘यस कुराले झापाका हामीसहित हजारौं इमान्दार कार्यकर्ता दुःखी भएका छौं ।’ उनीहरुले ०४६ सालदेखि राप्रपामा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक सक्रिय भएको बताएका छन् । 

दोस्रो जनआन्दोलनपछि राप्रपा नेपालमा आबद्ध हुँदै संविधानसभा सदस्य निर्वाचनदेखि पार्टीका हरेक गतिविधिमा इमान्दारीपूर्वक आफूहरुले अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अवस्थामा कार्यकर्ताको भावना विपरित पार्टी अघि बढेको उनीहरुको गुनासो छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई