राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको"/>
२०८३, १२ जेष्ठ मंगलवार
पर्बत - PBT

राप्रपा पर्वतको अध्यक्षमा गिरी सर्वसम्मत चयन

२०७३, २६ माघ बुधबार १३:१२

राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए ।

राप्रपाका केन्द्रीय सदस्यत्रय शेरबहादुर गुरुङ, इच्छाबहादुर गुरुङ र रणबहादुर क्षेत्री, देवेन्द्र विक्रम महत, क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर जिसी र क्षेत्र नं. २ का अध्यक्ष दुर्गाबहादुर मल्लको समन्वय समितिले गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  अध्यक्षका लागि वर्तमान् अध्यक्ष ठाकुर प्रसाद भूसाल र इश्वर गिरीको उम्मेदवारी परेपछि समन्वय समिति तय गरिएको थियो ।

उक्त समन्वय समितिमा अध्यक्षका दावेदार दुवै जना गिरी र भूसालले समितिले गरेको निर्णय स्वीकार गर्ने गरी लिखित रुपमा मञ्जुरी नामा दिएपछि उक्त समितिले आज बुधबार इश्वर गिरीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति विस्तार गरेको हो ।  समितिको सदस्यहरुमा क्रमस ठाकुरप्रसाद भूसाल, देवेन्द्रविक्रम महत, मानकुमारी गिरी, नुमादेवी भट्राई, हेमलाल पौडेल शर्मा रहेका छन् । त्यसै गरी प्रकाश पौडेल, दुर्गाबहादुर खाँड, प्रभु गुरुङ, दुर्गा श्रेष्ठ, ठाकुर बम मल्ल, जगतबहादुर पौडेल, नारायणदत्त भूसाल, शेरबहादुर थापा, गोपीचन्द्र शर्मा र हेमप्रताप सेन पनि राप्रपाको जिल्ला सदस्यमा चुनिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ