माघ २६, डोटी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद बीर बहादुर बलायरले नेपाल कुटनितिक मामलामा बिश्वको नजरमा नाङ्गिएको टिप्पणी गरेका छन् । प्रेस यूनियन डोट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २६, डोटी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद बीर बहादुर बलायरले नेपाल कुटनितिक मामलामा बिश्वको नजरमा नाङ्गिएको टिप्पणी गरेका छन् । प्रेस यूनियन डोट"/>
2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नेपाल कुटनितिक रुपमा नाङ्गियो: बलायर

माघ २६, डोटी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद बीर बहादुर बलायरले नेपाल कुटनितिक मामलामा बिश्वको नजरमा नाङ्गिएको टिप्पणी गरेका छन् । प्रेस यूनियन डोटी शाखाको तेस्रो साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘राजनिति महत्वांकाक्षाले बेईमानी भएको छ । सत्ताका लागि नेताहरु अनाब–सनाब बोल्छन् । जसले कुटनितिक मर्यादा समेत ख्याल गरिदैन्,’ उनले भने, ‘यसैले हामी कुटनितिक सम्बन्धमा बिश्वब्यापी नजरमा नाङ्गिएका छौ ।’

नाकाबन्दीका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भाषणहरुले गर्दा कुटनितिक मर्यादामा आँच आएको उनको आशय थियो । ‘नाकाबन्दीलाई दोहोरी प्रतियोगिता जस्तो बनाईयो । के बोल्ने, के नबोल्ने समेत ख्याल राखिएन्,’ उनले भने,‘यसले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेर्ने नजरमै फरकपन आएको छ ।’

नेपाल आफै समृद्ध नभए त्यस्ता नाकाबन्दी आउदो पिढिले पनि भोग्नुपर्ने उनले बताए । ‘यही अबस्था रहे पाँच हजार पछिका बर्षसम्म पनि नाकाबन्दी हुन्छ । त्यसका लागि बिस्तार–बिस्तारै पुर्बाधार सुधार गरेर बलियो अबस्थामा पुग्ने हो,’ उनले भने ।

बर्तमान सरकारले आफ्नो औचित्यता पुरा नगरेको नेता बलायरले बताए । उनले भने,‘जुन प्रतिबद्धताका साथ यो सरकार गठन भएको थियो । त्यो काम गर्न सकिरहेका छैन् । प्रधानमन्त्रीले आफ्नो जिम्मेबारी पुरा गर्न सकिराख्नभएको छैन् ।’ त्यसैले अब सरकारको बिकल्प खोज्नुपर्ने बेला आएको नेता बलायरले प्रतिक्रिया दिए ।

विकास र जनजीविकाका सवालमा नेपाली कांग्रेस जहिल्यै अग्रमोर्चामा रहेको उनले बताए । डोेटीको बिकासका लागि पनि आफुले भरमजदुर प्रयास गरिरहेको उनले बताए ।

पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उनको भनाई थियो । ‘पत्रकारिता लोकतन्त्रको पहरेदार हो,’ उनले भने,‘जनताका बास्तबिक आवाजहरुलाई बोल्ने राज्य र दललाई खबरदारी गर्ने अभ्यासले लोकतन्त्र बलियो बन्छ ।’

उदद्घाटन सत्रमा सांसद कल्पना सोबले पत्रकारिताको बिकासलाई जोड महिला पत्रकारको संख्या बढाउनुपर्ने बताईन् । लैंगिक संबेदनशील सवालहरु उठाउन पनि महिला आबश्यक पर्ने बताईन् ।

जोरायल बन फडानीको आपत्ती

नेता बलायरले जोरायलमा भएको सल्लाको बन फँडानीको आपत्ती जनाए । फँडानीले दिर्घकालिन रुपमा पर्याबराणीय समस्याको बिषयमा चिन्ता प्रकट गर्दै उनले फँडानीको कामलाई भत्सर्ना गरे । ‘हाम्रो वनसम्पदाले बायूमण्डलमा रहेको कार्बन उत्सर्जनलाई घटाउने काम गरिरहेको छ,’ उनले भने,‘जसको फलस्वरुप हामीले विश्वका अन्य देशहरुसंग रकम मागेको छौ । जुन डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा पर्वतिय जलाधार संरक्षण परियोजना अनुसार खर्च भैरहेको छ । यदि वन नै नरहे यो नरहन सक्छ ।’

जोरायल क्षेत्रमा ब्यापक फँडानी भैरहेको उनले बताए । जसमा केही राजनितिक नेताको पनि संलग्नता रहेको पाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई