Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २८ गते, बिहान ५:४३ बजे
काठमाडौँ - KTM

सहमतिका आधारमा संविधान कार्यान्वयन गर्नुपर्छ : आचार्य

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २८, दाङ । संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताउनुभएको छ । 

उहाँले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताउनुभयो । 

उहाँले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताउनुभयो । संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने उहाँको भनाइ थियो । 

“सरकारले कुनै पार्टीविशेषलाई दोष लगाएर उम्कन मिल्दैन चुनाव गराउने काम सरकारको हो, जसरी भए पनि चुनाव गराउनुपर्छ” – संविधानविद् आचार्यले भन्नुभयो । 

उहाँले हाल रुपान्तरित संसद्ले दीर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताउनुभयो । रासस