खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० "/>

2026-07-25 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

क्रान्तिकारीले धौलागिरी क्याम्पसमा जीबन शर्मालाई स्ववियु सभापति उठाउने


खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० औ ईकाई भेला सम्पन्न गरको छ । 

भेलामा बोल्दै अखिल क्रान्तिकारीका केन्दीय उपाध्यक्ष दिवश खत्री पदमले अखिल क्रान्तिकारी शहिदको रगत र बलिदानले आर्जेको संगठन भएकोले विद्यार्थीको हक हित र शौक्षिक सुधारको काममा बढि जिम्मेवार भएर लाग्ने बताउनुभयो । 

उहाँले स्ववियुका लागि २८ बर्षे उमेर हद, मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले उठाएको भन्दै त्यसको कार्यान्वयनका लागि क्रान्तिकारीकै नेतृत्व आबश्यक रहेकोमा जोड दिनुभयो । उपाध्यक्ष खत्रीले कसैको दवावमा नपरि आफ्नो विवेकले स्ववियु नेतृत्व चयन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

कार्यक्रमा नेकपा माओवादी केन्द्रका  केन्द्रीय सदस्य राजिव घिमीरे, अखिल क्रान्तिकारीका केन्दीय  सचिव कुशल पौडेले लागाएतले बोल्नु भएको थियो । क्रान्तिकारीले धौलागिरी बहुमुखि क्यामपसमा केन्द्रिय सदस्य जीबन शर्मालाई स्वबुयुको अध्यक्षको उम्मेद्वारा बनाउने निर्णय गरेको छ । भेलाले किशोर घर्तीको अध्यक्षतामा ५१ सदस्यीय ईकाइ समितिगठन गरेको छ । 

उपाअध्यक्षमा विकास शर्मा, लालमति रोका, आशा अर्ती, र सचिवमा विदुर रेग्मी, सहसचिव हिमाली रोका र कोष अध्यक्ष प्रमीला खत्री रहनुभएको छ । 

भेलाले स्ववियु निर्वाचाको लागी विभागीय जिम्मेवारी तोकेको छ । सुरज वि.क र सिता विकलाई  दलित विभाग, फुलमाया रोकालाई जनजाति विभागे जिम्मेवारी दिएको छ ।

त्यस्तै खुस्वु घर्तीलाई अतिरिक्ति  क्रियाकलाप,  नविन घर्तीलाई  स्वयंसेवक विभाग र  लालमती रोकालाई प्रचारप्रसार विभागको जिम्मेवार दिएको छ । भेला विदुर रेग्मीको अध्यक्षता,  दुर्गा शर्माको स्वागत र जिवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक