१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा माओवादी पार्टीहरुले छुट्टाछुट्टै जनयुद्ध दिवस मनाए

१ फाल्गुन २०७३, आईतवार १२:३६

फागुन १, नवलपरसाी । फागुन १ अर्थात जनयुद्ध दिवस नवलपरासीका माओवादी पार्टीहरुले छुट्टाछुट्टै मनाएका छन् । गतबर्ष एउटै मञ्चमा मनाएका माओवादी पार्टी नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीले समेत यसवर्ष एउटै मञ्चमा २२ औं जनयुद्ध मनाउन सकेनन् ।

विप्लव माओवादीले समेत जिल्लामा जनयुद्ध दिवस मनाएन् । जनयुद्ध दिवसका क्रममा नेकपा माओवादी केन्द्र बर्दघाट नगर समितिले बर्दघाटमा कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ भने मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी नवलपरासीले चोरमारामा कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्र बर्दघाटको आयोजनामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य केहर सिंह कुवर, बिशाल गिरी, नगर संयोजक हरिरञ्जन पौडेल रुद्रप्रकाश उपाध्याय ,सिमा गिरी लगायतले माओावादी जनयुद्धले ल्याएको परिर्वतनलाई संस्थागत गर्नुपर्नेमा जोडदिनुभएको थियो । कार्यक्रम रामु पाण्डेको अध्यक्षतामा भएको थियो ।

त्यस्तै क्रान्तिकारी माओवादी नवलपरासीले  ३ महिने अभियान टोलीलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाएको छ । चोरमारामा भएको कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले माओवादी आन्दोलन संसदवादमा फसेको उल्लेख गर्दै क्रान्तिकारी धुब्रीकरण आवश्यक रहेको बताउनुभएको थियो । नेता लम्सालले जनयुद्धका सहिद तथा बेपतामा सपना साकार पार्न क्रान्तिकारी माओवादी अगाडि बढेको उल्लेख गर्नुभयो ।

क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी संकल्पको अध्यक्षता चुडामणि भण्डारीको संचालन पिताम्बर फाल मगरको स्वागतमा भएको कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा २ दिने मोटरसाइकल र्यालीमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीले पनि जनयुद्ध दिवस मनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि