१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्लाको सरकारी कामकाज ठप्प

१ फाल्गुन २०७३, आईतवार १२:४४

नन्द बहादर रोकाया | फागुन १, गमगमढी | स्थानिय निकायका कर्मचारीहरुले गरेको आन्दोलन देशका बिभिन्न जिल्लाहरु संगैमुगुमा पनी जारी रहेको छ । मुगुमा पनी जिल्ला बिकास समिती तथा गाउँ बिकास समिती स्थानिय निकायहरुका कर्मचारीहरुले आन्दोलन जारी राखेका हुन् । 

अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अघि सादै अब बन्ने ऐन नियम, कार्यबिधी गठन गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै आफुहरु स्थानीय निकायको कामकाज ठप्प पार्न बाध्य भएको स्थानिय निकाय कर्मचारी संघका जिल्ला अध्यक्ष खड्कराज मल्लले बताउनुभयो । मुगु सहित देशभरमा कार्यरत रहेका स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनका कारण कार्यालयको काम सम्पादनमा समेत समस्या परेको छ । गएको १९ गते देखी आफुहरुले आन्दोलन गरिरहको बताउदै आफ्ना माग सम्बोधन नगरिए आन्दोलन नछोड्ने चेतावनी स्थान्ीय निकायका अस्थाई करार तथा ज्यालादारी कर्मचारीहरुले बताउने गरेका छन् । 

स्थानिय निकायको कामकाज ठप्प पारिएपछि जिल्ला बिकास समिती मुगुबाट र गाविसहरुबाट सम्पादन हुन सकेका छैनन् । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी संघ जिल्ला अध्यक्ष मल्लको भनाई छ ।अहिलेको सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था गरेको स्थानिय निकाय कर्मचारी संघ मुगुका मल्लले बताउनुभयो । 

केही दिन अघि हातमा कालोपट्टी बाँधेर काम सम्पादन गरेको भएपनी हिजोआज भने कार्यालयको कामकाज नै अवरोध हुन थालेको छ । आन्दोलनकै कारण आज दिनभर मुगु जिल्ला बिकास समितीबाट सम्पादन हुने कुनैपनी कामहरु सम्पादन हुन सकेका छ्रैनन् । कामकाज नहुदा टाढा-टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन