2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्ववियु निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशित

फाल्गुन १, डडेल्धुरा | स्ववियू निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा आइतबार मतदाता नामावली प्रकाशित गरिएको छ । 

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमध्ये तोकिएको समयमा भर्ना भएका विद्यार्थीहरुको नामावली प्रकाशित गरिएको हो । यद्यपी क्याम्पस प्रशासनले स्नातक तह दोस्रो र तेस्रो बर्षका लागि विद्यार्थी भर्नाको मिति तय नगरिकनै बन्द गरिदिएको विद्यार्थी संगठनहरुले आरोप  लगाएका छन् । “त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको मिति तय गरेपछि नयाँ भर्ना बाहेकका अन्य अध्ययनरत विद्यार्थी भर्ना प्रक्रियालाई विद्यार्थी संगठनहरुको समन्वयमा क्याम्पसले मिति तोक्ने प्रावधान रहेको भएपनि हामीहरुको भोटिङ राईट खोसेर एकाएक विद्यार्थी भर्ना प्रक्रिया क्याम्पसले अवरुद्ध गरेको छ” विद्यार्थी नेता खेम अवस्थीले भने—“साथीहरुले भौचर भरेर खल्तीमा राखेको छ, क्याम्पस प्रशासनमा बुझाएको छ तर भर्ना गरिएको छैन्, यसका प्रति हाम्रो आपत्ति छ ।”

यसै विच आइतबार प्रकाशित मतदाता नामावलीमा गम्भिर त्रुटी रहेको, प्रमुख विद्यार्थीहरु नेताहरुकै नाम छुटाइएको र निर्वाचन समितिले कुनै पनि निर्वाचनका प्रत्रियाहरु विद्यार्थी संगठनहरुसंगको समन्वय विना नै अगाडी बढाइएको विद्यार्थी संगठनका नेताहरुले आरोप लगाएका छन् । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको भर्नाको तथ्यांक आधारमा २७६ जनाको नामावली प्रकाशित भएको छ । यद्यपी निर्वाचन तालिका अनुसार प्रकाशित विद्यार्थी मतदाता नामावली माथि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनका लागि फागुन ३ गतेसम्मको समय तोकिएको छ । क्याम्पस स्रोतका अनुसार निर्वाचन समिति पनि क्याम्पस प्रमुखले आफू अनुकुल गठन गरेको खुलेको छ । स्ववियू निर्वाचन समितिमा अधिकांश प्राध्यापक मात्रै राखेको र क्याम्पसका अन्य प्रशसनिक कर्मचारीसंग समन्वय नगरिएको भन्दै कर्मचारीहरुले आन्तरिक विरोध गरिरहेको बुझिएको छ । प्रशासनिक कर्मचारीलाई वास्ता नगरिकनै निर्वाचन समिति एकढंगले चयन गरिएकोमा उनीहरुको चरम असन्तुष्टी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ