फागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

आगामी व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

आगामी व"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंसिरसम्म तीनवटै तहको निर्वाचन हुन्छ: देउवा


फागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मंसिर भित्र संघीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने देउवाले बताउनुभयो । बुधबार रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिक अनावरण पछि आयोजित सहिद परिवारको सम्मान कार्यक्रममा देउवाले यस्ताे बताउनुभएको हो । 

नेपाल अहिले पनि संक्रमणकालमै रहेको बताउँदै देउवाले तीनवटै तहको निर्वाचन नसकि संक्रमणकाल अन्त्य नहुने धारणा राख्नुभयो । 

कार्यक्रममा भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वनको दुईवटा एजेण्डा लिएर बनेको भन्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान प्रक्रियालाई कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरे, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मनमोहन भट्टराई, सांसद आङटावा शेर्पा, शिवबहादुर खड्का, तिर्थ लामा लगायतका नेताहरुले सहिदको सपना पूरा गर्न सबैले योगदान दिनुपर्ने बताउनु भएको छ । 

कांग्रेस कार्यकर्ता गोविन्द खड्कालाई तत्कालीन माओवादी कार्यकर्ताले २०५८ फागुन ४ गते नियन्त्रणमा लिएर हत्या गरेका थिए । उनको स्मृतिमा उनकै जग्गामा शालिक निर्माण गरिएको हो । -निरोजकुमार थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई