फागुन ६, काठमाडौँ । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ । 

स्ववियु निर्वाचनको मिति सारिएपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौँ । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ । 

स्ववियु निर्वाचनको मिति सारिएपछ"/>

2026-06-26 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक

2017-02-17

फागुन ६, काठमाडौँ । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ । 

स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । 

उहाँले अब नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने बताउँदै नयाँ निर्वाचन कार्यतालिका अनुसार सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गर्नुभयो । 

नयाँ कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया यही फागुन ११ गते देखि सुरु हुँदैछ । सो दिन निर्वाचन मतदानमा सहभागीको मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान गरिने छ । 

रजिस्ट्रार उप्रेतीले निर्वाचन कार्यतालिका सुरु भएका क्याम्पसमा पहिलेकै प्रक्रिया मान्दै बाँकी नयाँ कार्यतालिकानुसार बढ्ने बताउनुभयो । अनेरास्ववियु (क्रान्तिकारी) लगायत केही विद्यार्थी सङ्गठनको विरोधका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ