२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

६७ औँ प्रजातन्त्र दिवस अछाममा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

२०७३, ७ फाल्गुन शनिबार १७:४३

फागुन ७, अछाम | ६७ औँ प्रजातन्त्र दिवस अछाम जिल्लामा बिभिन्न कार्यक्रम सहित मनाइएको छ । मंगलेनमा प्रभात पेरी सहित औपचारीक समारोहका बिच कार्यक्रम गरिएको हो । 

कार्यक्रमका सहभागि सबै सरोकारवाला तथा राजनितिकदलका प्रतिनीधिले प्रजातन्त्र लाई बलियो बनाउन औपचारीक कार्यक्रमले मात्र नहुने भन्दै आम नागरिक सम्म प्रजातन्त्र बाहालि भएको अनुभुति दिलाउन सक्नु पर्ने बताउनु भयो । स्थानीय बिकास अधिकारी एव् प्रजातन्त्र दिवस मुल समारोह समिति संयोजक तोयानारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पूर्व सांसद रामबहादुर बिष्ट रहनु भएको थियो । 

कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनी रहनु भएको थियो । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैना, नेपाली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, माओबादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटी सदस्य सरस्वती रावल, नेकपा मालेका जोगी ढोली, नेकपा क्रान्तिकारी माओबादीका काँसिराम जैसि, नेपाल मजदुर किशान पार्टीका बिरेन्द्र शाही, नेपाल पत्रकार महासंघ सचिव शिवराज ढुंगाना, अन्तरपार्टी महिला सञ्जालका बिन्दु रावल लगातले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला बिकास समितिका सामाजिक बिकास अधिकृत खड्क बिष्टले गर्नु भएको थियो । 

दिवसको अवसरमा हिजो राजनीतिक दल र कर्मचारी बिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत सम्पन्न भएको थियो । भलिवल प्रतियोगितामा राजनीतिक दलको समुह बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !