१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

६७ औँ प्रजातन्त्र दिवस अछाममा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

७ फाल्गुन २०७३, शनिबार १७:४३

फागुन ७, अछाम | ६७ औँ प्रजातन्त्र दिवस अछाम जिल्लामा बिभिन्न कार्यक्रम सहित मनाइएको छ । मंगलेनमा प्रभात पेरी सहित औपचारीक समारोहका बिच कार्यक्रम गरिएको हो । 

कार्यक्रमका सहभागि सबै सरोकारवाला तथा राजनितिकदलका प्रतिनीधिले प्रजातन्त्र लाई बलियो बनाउन औपचारीक कार्यक्रमले मात्र नहुने भन्दै आम नागरिक सम्म प्रजातन्त्र बाहालि भएको अनुभुति दिलाउन सक्नु पर्ने बताउनु भयो । स्थानीय बिकास अधिकारी एव् प्रजातन्त्र दिवस मुल समारोह समिति संयोजक तोयानारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पूर्व सांसद रामबहादुर बिष्ट रहनु भएको थियो । 

कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनी रहनु भएको थियो । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैना, नेपाली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, माओबादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटी सदस्य सरस्वती रावल, नेकपा मालेका जोगी ढोली, नेकपा क्रान्तिकारी माओबादीका काँसिराम जैसि, नेपाल मजदुर किशान पार्टीका बिरेन्द्र शाही, नेपाल पत्रकार महासंघ सचिव शिवराज ढुंगाना, अन्तरपार्टी महिला सञ्जालका बिन्दु रावल लगातले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला बिकास समितिका सामाजिक बिकास अधिकृत खड्क बिष्टले गर्नु भएको थियो । 

दिवसको अवसरमा हिजो राजनीतिक दल र कर्मचारी बिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत सम्पन्न भएको थियो । भलिवल प्रतियोगितामा राजनीतिक दलको समुह बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन