२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेकपा एमाले ईलाका नम्बर १२ को भेलाबाट नयाँ कमिटी चयन

२०७३, ७ फाल्गुन शनिबार १७:४९

कमल रावल | फागुन ७, अछाम | नेकपा एमाले ईलाका न १२ को ईलाका अधिबेशन ढकारीमा सम्पन्न भएको छ । दान बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवरले नेपालको संविधान नेपाली जनताको लागी निर्माण गरिएकाले अन्य देशहरुले अनावश्यक हस्तक्षेप गर्न नमील्ने बताउनु भएको छ । एमालेले नेतृत्व गरेको सरकारले ल्याएका लोकप्रीय कार्यक्रमहरु कार्यान्वयन भए देश विकासले गती लीने बताउदै केही कार्यक्रमहरु कार्यान्वयन भईसकेका बताउनु भयो । उहाले यसको ज्वलन्त उदाहरण अछामको कमलबजारमा हावाबाट बिजुली निकालीएको बताउनु भयो । सांसद भरत साउद बिशिष्ट अतिथी रहनु भएको कार्यक्रममा प्रदेश कमीटी सदस्य तथा पुर्व जिल्ला अध्यक्ष कमल तिमिल्सैना, प्रदेश सदस्य बम बहादुर बीसी, जिल्ला कमीटी उपाध्यक्ष नन्द बहादुर कडायत, जिल्ला कमीटी सचिव यज्ञ बोगटी, संगठन विभाग प्रमुख पदम बोहरा, प्रचार विभाग प्रमुख भिम जनाला, जिल्ला कमीटी सचिवालय सदस्य प्रकाश शाह, जिल्ला कमीटी सदस्य भिम बिष्ट, एकेन्द्र शाही, सल्लाहकार संयोजक भक्त बहादुर शाही, प्रदेश कमिटी सदस्य एँव अनेरास्वीयु पुर्व केन्द्रिय कमिटी सचिवालय सदस्य भिम बहादुर रावल कालो टोपी, अनेरास्वीयुका केन्द्रिय सदस्य डम्बर बिसी, क्षेत्रीय कमीटी अध्यक्ष सुरेन्द्र शाही, एमाले नेता योगेन्द्र बिष्ट, अनेरास्वीयुका पूर्व अध्यक्ष टोप बहादुर शाही, युवा संघका जिल्ला संयोजक हिरण्ड कुवर लगायतले मन्तब्य राख्नु भएको थियो ।  भक्त बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन देबकला चलाउने खत्रीले गर्नु भएको थियो । बन्द सत्रले देउकला खत्रिको अध्यक्षतामा ९ सदस्यिय ईलाका कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष धन बहादुर बुढा, सचिव पदम बहादुर बुढा, उप सचिव कर्ण बहादुर थापा लगातका सदस्य रहेका अनेरास्वीयु जिल्ला कमिटी सदस्य ललित बुढाले जानकारी दिनु भएको छ । 

यस्तै नेकपा एमाले गाउ कमिटी शोडषा देविको विस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउ कमिटी अध्यक्ष नृप खड्काको अध्यक्षतामा बसेको बैठकले गाबिसमा पार्टी कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । जसमा नेता कार्यकर्ता मार्फत १ लाख रुपैया सँकलन गरिएको छ । जिल्ला कमिटी सदस्य हिरण्ड भट्राई प्रमुख अतिथी रहनु बैठकमा जिल्ला कमिटी सदस्य नरपती रावल, क्षेत्रिय अध्यक्ष डम्मर नेपाली, ईलाका अध्यक्ष बिर बहादुर बोहरा, टेक बहादु खडका, तिलक कडायत लगाएतका अतिथी रहनु भएको थियो । 

यस्तै युवा संघ नेपाल इलाका नम्बर १२ को नया कमीटी गठन गरिएको छ । भेला बाट हस्त चलाउनेको अध्यक्षतामा ९ जनाको नया कमीटी गठन गरिएको हो । जसमा उपाध्यक्ष तिलक साउद, सचिव भिम बहादुर बुढा, सहसचिव डम्बर साउद लगायतका पदाधिकारी रहेका छन । कार्यक्रम बाट चैत्रमा हुने जिल्ला सम्मेलनको लागी ८ जनालाई जिल्ला प्रतिनीधमा छनौट गरिएको छ । यस्तै नेकपा एमाले सुतारको बैठक सम्पन्न भएको छ । गाउ कमिटी अध्यक्ष नृर्प बिकको अध्यक्षतामा भएको बैठकले वडा कमीटीको मासीक बैठक गर्ने,  मुजाबगरमा हुने महायज्ञलाई सफल पार्न सहयोग गर्ने, १० गते हुने ईलाका अधिबेशनलाई सफल पार्न सहयोग गर्ने र सार्बजनीक स्थानमा धुम्रपाम मध्यपान गर्ने नेता कायकर्तालाई कारबाही गर्ने लगाएतका निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा