![]()
![]()
संघर्ष समितिका प्रादेशिक संघर्ष समिति संयोजक होरीलाल चौधरी, कैलाली–कञ्चनपुर संयुक्त संघर्ष समितिका संयोजक प्रभातकुमार चौधरी, संघर्ष समिति कैलालीलगायतका घटकले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै चुनाव वहिष्कार गरेको घोषणा गरेका हुन ।
विज्ञप्तीमा उल्लेख छ–‘कञ्चनपुर र कैलालीलाई थरुहट प्रदेशमा राख्नुपर्ने, टीकापुर घटनाका राजबन्दीहरुलाई रिहा गर्नुपर्ने, झुठ्ठा मुद्दा खारेज गर्नुपर्ने र भदौ ८ गतेको आगजनीका पीडित पक्षलाई क्षतिपुर्तिका साथै दोषीलाई कारवाही नहुदासम्म संघर्र्ष समिति र संघीय गठबन्धन चुनावमा सहभागी हुन सक्दैन ।’
साथै विज्ञप्तीमार्फत सर्वसाधारणहरुलाई चुनावको विपक्षमा लाग्नका लागि अपिल पनि गरिएको छ । यसैगरि, आफुहरुको सहमतिविना हुने चुनावको विरुद्धमा समिति तत्काल सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जिम्मेवार राज्य पक्ष हुने पनि चेतावनी दिईएको छ ।


