कविता उपाध्याय/फ़ागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई बचाउनका लागि अबको क्रान्ति फरक ढंगबाट अघि बढ्ने बताउनु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फ़ागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई बचाउनका लागि अबको क्रान्ति फरक ढंगबाट अघि बढ्ने बताउनु "/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अबको क्रान्ति रोल्पा होइन काठमाण्डौंको मुटुबाट शुरु हुन्छ: बिप्लब


कविता उपाध्याय/फ़ागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई बचाउनका लागि अबको क्रान्ति फरक ढंगबाट अघि बढ्ने बताउनु भएको छ । 

उहाँले हतियार नबोकेर अबको क्रान्ति काठमाण्डौंको मुटुबाट शुरु गर्ने जानकारी दिनुभयो । अबको क्रान्ति कम्युनिष्टको मात्र नभइ सम्पूर्ण राष्ट्रप्रेमी नेपालीको हुनुपर्नेमा उहाँको जोड थियो ।

रोल्पाको थबाङमा केहीदिन अघि सम्पन्न आठौं महाधिवेशनका बारेमा जानकारी दिन शनिबार रोल्पाको लिबाङमा आयोजना गरिएको घोषणा सभामा बोल्दै चन्दले यस्तो बताउनु भएको हो । 

“यदि नेपालको माटोले हाम्रो रगत चाहेमा हामी रगत बगाउन तयार छौं । हामीलाई देश र जनताको उत्तिकै माया छ । त्यसैले हामी अन्तिम दाउ राखेर पनि लड्न तयार भएका छौं” उहाँले भन्नुभयो ।

आफूले युद्धगर्न नचाहेको भएपनि तत्कालिन युद्धको स्मरण गर्दै चन्दले भन्नुभयो “ प्रचण्डजी र बाबुरामजीले तत्कालिन युद्धका बेला आफूहरु मारिने डरले क्रान्तिलाई आत्मसमर्पण गराउनु भएको हो, अब हामी त्यही क्रान्ती पूरा गर्छाै । ”

“हामीलाई बुर्जवा शिक्षा पढ्नु हुँदैन भनेर कलेज छोड्न लगाइयो  तर अबको क्रान्तीमा किसान मजदुर मात्र लडेर होइन पढेलेखेका युवाहरु उठ्नु पर्ने बेला आएको छ । हामीलाई कर्मचारी, डाक्टर, इन्जिनियर, लगायत सबैको साथ चाहिन्छ” । 

यसैवीच उहाँले थबाङलाई नमूना गाउँ बनाउने र थबाङमा युद्ध संग्रहालय स्थापना गर्ने समेत जानकारी दिनुभयो । 

घोषणा सभामा तत्कालिन सशस्त्र युद्धका बेला मारिएका तथा बेपत्ता पारिएका परिवारका सदस्यहरु तथा घाइते अपांग परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई