कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टु"/>

2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताब छिट्टै टुङ्गोमा पुग्छ: बादल


कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टुङ्गोमा पुग्ने बताएका छन् । 

बागलुङको बुर्तिबाङमा प्रेस सेन्टर नेपाल बुर्तिबाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बदलले प्रश्ताव दर्ता नै हुन दिँदैनौँ, छलफलमै लैजान हुँदैन भन्ने अडान राख्दै आएको विपक्षि एमालेको समेत सहयोगमा सदनमा छलफल सुरु भएकाले फागुन १९ गते बस्ने संसद् बैठकबाट प्रक्रिया थप अघि बढ्ने बताए । 

उनले भने, ‘एमालेले पनि निर्वाचन सफल पार्नका लागि हुने प्रयासमा हामी बाधक बन्दैनौँ भन्दै आएको अबस्थामा स्थानिय तहको निर्वाचन सरकारले घोषणा गरिसकेको छ, हामीलाई विश्वास छ मधेसको समस्या न्युनतम सम्बोधन गरेर निर्वाचनमा जान एमाले सहमत हुन्छ ।’

नेता वादलले संविधान संसोधन प्रत्रियाबाट टुङ्गाउन एमाले सहमत भएको दावि समेत गरे । मधेसी मोर्चाले अहिलेको संसोधनमा परिमार्जन नभए चुनाबमा नजाने अडान र एमालेले कुनै हालतमा पास हुन नदिने अडान लिँदा समस्या भएको भन्दै दुवैलाई मान्य हुने विचको बाटो खोज्ने तर्फ छलफल भईरहेको उनको भनाई छ । 

उनले संघिय आयोग बनाएर सिमाङ्कनको समस्या समाधान गर्ने कुरामा मोर्चा र एमालेपनि सैद्धान्तिक रुपमा सहमत भएको भन्दै अहिलेलाई निर्वाचनमा जाने गरि केहि कुरा सम्बोधन गर्ने र निर्वाचन पछि बन्ने आयोगबाट टुङ्गाउन सकिने बताए । 

मोर्चाले चुनाव अघि नै सिमाङ्कन टुङग्याउनुपर्ने अडान राखेको भन्दै संविधान कार्यान्वयनका लागि जुनसुकै मुल्यमा निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले तत्तकाल त्यो व्यवहारिक नदेखिएकाले चुनाबपछि आयोग बनाएर समाधान खोज्ने विकल्प नै उपयुक्त हुने उल्लेख गरे । 

कार्यक्रम प्रेस सेन्टर नेपाल बुर्तिबाङ इकाईका सल्लाहकार संयोजक चन्द्र अर्यालको अध्यक्षता र संयोजक कृष्ण कँडेलको सञ्चलनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई