Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

डडेल्धुराका दुई क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा । डडेल्धुरा, फागुन १५ । स्ववियु निर्वाचनमा डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेस निकटको नेपाल बिद्यार्थी संगठन(नेविसंघ)बाट जगत ऐरले उम्मेदवारी दर्ता गराएका छन् भने चार बिद्यार्थी संगठनहरु एमाले निकट अमेरास्ववियु, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियनबाट सयुक्त रुपमा अनेरास्वयुकी प्रिया कुमारी मल्लले उम्मेदवारी दिएकी छिन् ।

तीन बिद्यार्थी संगठनबाट सयुक्त रुपमा सचिवमा अखिल(क्रान्तिकारी)बाट करन साउँदले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा नयाँ शक्ति बिद्यार्थी युनियनबाट महेश पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उता नेविसंघबाट भने सचिवमा खेम अवस्थी र कोषाध्यक्षमा बिमला साउँदले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

नेविसंघबाट शनिबार नै उम्मेदवारी दर्ता गरिएको हो भने अन्य बिद्यार्थी संगठनले संयुक्त रुपमा आईतबार मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उता भित्रि मधेस क्षेत्रमा रहेको त्रि बेणी बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ता गरिएको छ । सभापतिका लागि अखिल(क्रान्तिकारी)बाट मोहन धामी, अनेरास्ववियुबाट चक्र साउँद र नेविसंघबाट कृष्ण धामीले उम्मेदवारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिईसकेको छ ।

तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगावहादुर मगरका अनुसार उम्मेदवारी मनोनयन सोमबार विहानसम्म हुनेछ ।