2026-06-27 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्ववियुका उम्मेदवार बिद्यार्थी खोज्दै घर-घर पुग्दै

2017-02-27

ललित बोहरा/फागुन १६, डडेल्धुरा । यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागी डडेल्धुराका बिद्यार्थी नेताहरु प्रचार प्रसार गर्ने थालेका छन् । 

बिभिन्न प्रचा–पम्प्लेट लिएर उम्मेदवाहरु बिद्यार्थीका घर–घर , कोठा–कोठा, र छात्रावास धाउन थालेका छन् । भने समाजीक सञ्जालहरुमा पनी बिभिन्न आसवासन दिई भोट मागी रहेका छन् ।

 सदमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।  तिन बिद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल(क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी यूनियन संयुक्त रुपमा प्रचारमा छन भने नेबिसंघ एकलै प्रचारमा लागेको अनेरास्ववियुबाट सभापतीकी उम्मेदवार प्रिया कुमारी मल्लले जनाएको छ ।  सभापतीकी उम्मेदवार मल्ल महिला उम्मेदवार भएकोले कांग्रेस निकटको नेपाल बिद्यार्थी संगठन(नेविसंघ)बाट जगत ऐरले उम्मेदवारी दर्ता गराएका छन् भने चार बिद्यार्थी संगठनहरु एमाले निकट अमेरास्ववियु, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियनबाट सयुक्त रुपमा अनेरास्वयुकी प्रिया कुमारी मल्लले उम्मेदवारी दिएकी छिन् ।

यसैगरी उता भित्रि मधेस क्षेत्रमा रहेको त्रि      बेणी बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ता गरिएको छ । सभापतिका लागि अखिल(क्रान्तिकारी)बाट मोहन धामी, अनेरास्ववियुबाट चक्र साउँद र नेविसंघबाट कृष्ण धामीले उम्मेदवारी दिएका छन् ।

 त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिईसकेको छ । तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ