2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थानिय तह कार्यान्वयनपछि घरदैलोमै राज्यको सेवा: नेता सागर

कृष्ण कँडेल | फागुन १९, बागलुङ | नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका अन्तरगत तमान गाविसको वडा नम्बर–७, ८ र ९ पर्ने वडापालिकाको वडा सम्मेलन आज लाममेलामा भएको छ । 

सम्मेलनले ओमबहादुर सिरपालिको अध्यक्षतामा १५ सदस्यीय वडापालिका कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कर्णबहादुर सिरपाली, सचिवमा धनप्रसाद सिरपाली, सहसचिवमा चन्द्रमान सिरपाली र कोषाध्यक्ष धनबुजा सिरपाली रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बागलुङ ईञ्चार्ज चन्द्रबहादुर बुढा सागरले नयाँ संविधानले अबलम्बन गरेको संघियता र स्थानिय तहको पुनर्संरचना कार्यान्वयन पछि विकट ठाउँका नागरिकको घरदैलोमै बिकास तथा राज्यको सेवा पुग्ने बताउनुभयो । 

उहाँले स्थानिय संरचना प्रश्ताब गर्दा तमानखोलालाई संरक्षित क्षेत्र सहितको स्थानिय तह बनाउन आफ्नो पार्टि र आफुले निरन्तर अडान राखेकाले सम्भब भएको दावि गर्नुभयो । सागरले दलित, महिला जनजाती लगायत पछाडि परेको समुदायमा राजनितिक जागरण ल्याउने काम माओवादी आन्दोलनले गरेको भन्दै अब आर्थिक समृद्धिको नेतृत्व पनि माओवादी नै गर्ने बताउनुभयो । 

आसन्न स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले उठाउँदै आएका परिबर्तनका मुद्धाको बारेमा स्थानिय नागरिकलाई सचेत गराउँदै पार्टि संगठन निर्माण र चुनाब केन्द्रित अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रि सदस्य तथा तमानखोला गाउँपालिका ईन्चार्ज सुर्य सिरपाली, अर्का केन्द्रिय सदस्य तथा ढोरपाटन गाउँपालिका सहईञ्चार्ज चन्द्र अर्याल लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम चन्द्रप्रकाश गोतामेको अध्यक्षता, ओमबहादुर सिरपालीको स्वागत र धनप्रसाद सिरपालीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई