फागुन २१, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङ्ग गाविसको वडा नम्बर–६,७, ८ र ९ पर्ने वडापालिकाको सम्मेलन भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङ्ग गाविसको वडा नम्बर–६,७, ८ र ९ पर्ने वडापालिकाको सम्मेलन भएको छ । 

2026-09-19 07:57 AM
बाग्लुङ्ग - BGL

नेकपा माओवादी केन्द्र ढोरपाटन नगरको वडा सम्मेलन सम्पन्न


फागुन २१, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङ्ग गाविसको वडा नम्बर–६,७, ८ र ९ पर्ने वडापालिकाको सम्मेलन भएको छ । 

सम्मेलनले लोकबहादुर विकको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरप्रसाद पाण्डे, सचिवमा धनबहादुर कार्की, र कोषाध्यक्ष मनकुमारी कार्की रहनुभएको छ । 

सम्मेलनले हेमलाल थापा र गंगाबहादुर कार्की सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । १ जना सल्लाहकार पछि थपिने माओवादी केन्द्रले जनाएको छ । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका सहईञ्चार्ज चन्द्र अर्यालले प्रश्तावित स्थानिय तहको संरचनामा निर्वाचन गरि जनप्रतिनिधि चयन गरेर स्थानिय विकासका लागि निति निर्माण गरेर अघि बढ्ने अवसर आएको बताउनुभयो । 

उहाँले परिबर्तनका मुद्धाहरुलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन र संविधान कार्यान्वयका लागि निर्धारित समयमा निर्वाचन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रम नरप्रसाद पाण्डेको अध्यक्षता, काजुमान विकको स्वागत र धनबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई