फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ "/>

2026-06-27 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निर्वाचन मार्फत उपब्धिको रक्षा नगरे गुम्ने खतरा: कुँवर

2017-03-05


फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ । 

सम्मेलनले जितबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष  गनबहादुर विक, सचिव दिलमायाँ विक, सहसचिव रवि विक र कोषाध्यक्ष एलिसा विक रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवरले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर प्राप्त उपलब्धिको संस्थागत हुन नसके ति उपलब्धि गुम्ने खतरा रहेको औँल्याउनुभयो । ईन्चार्ज कुँवरले परिबर्तनका पक्षधर शक्ति एकजुट भएर त्यसको कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले पछाडि परेको बर्ग क्षेत्रको समानुपातिक प्रतिनिधित्व सहितको स्थानिय तहको निर्वाचनले महिला, दलित जनजाती समुदायको नेतृत्व स्थापित गर्ने बताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका संयोजक भिम गौतम, जिल्ला सदस्य नरबहादुर विक र छबिलाल विकले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम रनबहादुर विकको अध्यक्षता, क्षेत्रबहादुर भण्डाराीको स्वागत र जितबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी