पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्न"/>
2026-09-19 11:52 PM
पर्बत - PBT

नवजागृत बहुमुखीमा तोडफोड

पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्नो विजय भएको घोषणा गर्नु र स्ववियूको निति बाहिर एमालेका नेता समेत गई विजयको घोषणा गर्नु गलत भएको भन्दै आक्रोशित विद्यार्थी संगठनले तोडफोड गरेको बुझिएको छ ।

जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुसँग सहमतिय आधारमा सवै मिलेर जाने भन्ने सहमति गर्ने र अर्को तर्फ विद्यालयमा जिल्ला नेता समेत पुगेर एकलौटी आफ्नो विजय भएको घोषणा गर्नु घिणृत कार्य भएको भन्दै अन्य विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । 

सो क्याम्पसमा एमाले जिल्ला उपाध्यक्ष भक्त कुवँर, युवासंघका अध्यक्ष विमल लामिछाने लगायतका जिल्लाका नेता तथा कार्यकताले फर्जी मितिको सूचना टाँस गरी र क्याम्पस प्रमुखलाई दबाबमा पारी अनेरास्ववियूको विजय भएको घोषणा गरेका थिए ।

कार्यलयमा रहेको फोन, बेन्च लगायतका समाग्रीहरु तोडफोड भएको बुझिएको छ । कार्यालयमा तोडफोड हुनुको साथै विद्यार्थी संगठन आक्रोशित भएपछि क्याम्पस प्रमुख रुचिला सापकोटाले आफूले उक्त निर्णय उल्टाएर सहमतिमा लैजाने बताएको एक विद्यार्थी नेताले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो