सरु शर्मा/फागुन २२, नवलपरासी । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट निर्वाचित हुनुभएको छ । रानाभाट बामपन्थी पत्रकारहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/फागुन २२, नवलपरासी । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट निर्वाचित हुनुभएको छ । रानाभाट बामपन्थी पत्रकारहर"/>
2026-09-19 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पत्रकार महासंघ नवलपरासीकोअधिवेसन सम्पन्न, अध्यक्षमा रानाभाट

सरु शर्मा/फागुन २२, नवलपरासी । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट निर्वाचित हुनुभएको छ । रानाभाट बामपन्थी पत्रकारहरुको संगठनको प्यानलका अध्यक्ष रामकुमार श्रेष्ठलाई पराजित गर्दै नेपाल प्रेस युनीयनको प्यानलबाट निर्वाचित हुनुभएको हो ।

    शनिबार विहान सकिएको मतगणना अनुसार अध्यक्ष पदमा प्रेस युनियनका होमराज रानाभाटले १०६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँको प्रतिद्धन्द्धि संयुक्त गठबन्धनका राम कुमार श्रेष्ठले ५२ मत प्राप्त गर्नृभएको थियो । यसैगरी उपाध्यक्षमा प्रेस युनियनकै हरी शर्माले ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको प्रतिद्धन्द्धी बामपन्थी गठबन्धनका सागर पोख्रेलले ५९ मत प्राप्त गर्नुभएको छ । यसैगरी समावेशी उपाध्यक्ष तर्फ पुजा चापागाइ ८३ मत सहीत विजयी हुनुभएको छ । उहाँले ज्ञानु पंगेनीलाई पराजित गर्नुभएको हो ।

    यस्तै सचिवमा प्रेस चौतारीका तर्फबाट संयुक्त गठबन्धनका उम्मेदवार राजकुमार रेश्मी ८२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्द्धी प्रेस युनियनका चोलाकान्त रेग्मी आशिसले ७७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समवेशी सह सचिव तर्फ प्रेस युनियनका अनिल कुमार यादवले  ९० मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै सह सचिवमा प्रेस युनियनका विष्ण्ुा गौडेल र कोषाध्यक्षमा इश्वरी चापागाइ यस अघिनै निर्वीरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत भुपेन्द्र शर्माले बताउनुभयो । 

   यसैगरि सदस्य तर्फ समावेशी सदस्यमा प्रेस युनियनका लक्ष्मी हरीजन, महिला तर्फ कल्पना कुवर जनजाति श्याम बुचा मगर, मधेशी तर्फ नन्द कुमार यादव, अल्पसंख्यकमा सद्दाम हुसेन अन्सारी, खुल्ला सदस्यहरुमा प्रकाश न्यौपाने, बुद्धिराज कडरीया, रञ्जना लम्साल, भिमलाल गाहा मगर, रविन शर्मा चापागाइ, र प्रेस चौतारीको तर्फबाट गठबन्धनका तिर्थराज डुम्रे्र विजयी हुनुभएको छ ।

    यसैगरी केन्द्रिय पार्षदमा तर्फ प्रेस युनियनका नारायण शर्मा, विरेन्द्र पारजुली श्रीराम सिग्देल प्रेम न्यौपाने, पुरुषोत्तम सुवेदी, भुमिराज चापागाइ, घनश्याम बगाले, धु्रव पौडेल, टिकाराम गैरे, रमेश बास्ताकोटी , आरपि उपाध्याय, बृज राज कुशहावा, र प्रेस चौतरीका तर्फबाट  संयुक्त गठबन्धनका लाल कुमार भट्टराइ र प्रेस सेन्टरका तर्फबाट संयुक्त गठवन्धनका दिपक भट्टराइ निर्वाचीत हुनुभएको छ ।

   यस्तै केन्द्रीय पार्षद तर्फ महिलामा धनु भुषाल, , कल्पना भट्टराइ, विना न्यौपाने र उर्मिला ढकाल विजयी हुनुभएको छ । यसैगरी प्रादेशिक सभाषदमा गोवीन्दराज लामीछाने, ताराचन्द्र  बर्मा, सावित्री सापकोटा, रविलाल पाण्डे, प्रेमचन्द्र रौनियार, शालिकराम कोइराला, सूर्यप्रकाश भुषाल , खगराज सापकोटा लगायतका चयन हुनुभएको छ । सो निर्वाचनमा  कुल १८१ मध्ये १६३ मत खसेको निर्वाचन अधिकृत भुपेन्द्र शर्माले जानकारी दिनुभएको छ । निर्वाचनको परिणाम जे आएपनि पत्रकार महासंघलाई सवैको साझा संस्थाको रुपमा अघि बढाउने नवनिर्वाचित अध्यक्ष होमराज रानाभाटले बताउनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा