मोहम्मद ईजहार शेष/फागुन २२, परासी । नेपाली कांग्रेसको भातृ संग्ठन नेपाल मुस्लिम संघ नवलपरासीको अध्यक्षमा कासिद अलि निर्विरोध निर्वाचित हुनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/फागुन २२, परासी । नेपाली कांग्रेसको भातृ संग्ठन नेपाल मुस्लिम संघ नवलपरासीको अध्यक्षमा कासिद अलि निर्विरोध निर्वाचित हुनु भएको छ । 

2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लिम संघ नवलपरासीमा कासिद अलि


मोहम्मद ईजहार शेष/फागुन २२, परासी । नेपाली कांग्रेसको भातृ संग्ठन नेपाल मुस्लिम संघ नवलपरासीको अध्यक्षमा कासिद अलि निर्विरोध निर्वाचित हुनु भएको छ । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्य तथा मस्लिम संघका कार्यबाहक अध्यक्ष कासिद अलिको अध्यक्षतामा आज सुनवलमा भएको जिल्ला अधिवेषनवाट १४ सदस्सीय जिल्ला कार्य समिति र ६ सदस्सीय केन्द्रिय प्रतिनिधि निर्विरोध गठन भएको हो । 

जस्को उपसभापतिमा करिम शेष, सचिवमा, आलमगिर खान, सहसचिवमा सद्दाम हुसैन अन्सारी , कोषाध्यक्षमा हाजेरा बेगम, सदस्यहरुमा सहमत मिँया, सफिमोहम्मद शेष, मोहरम अलि , वलि मिँया, निजामुद्दिन मिँया, उस्मान गनि, कुर्बान अलि मिँया र अलि बक्स मिँया चयन हुनु भएको हो । यस्तै केन्द्रिय प्रतिनिधिहरुमा मिर्जा सम्सुद्दिन बेगम, सद्दाम हुसैन, रहमत मिँया, जमिर शाह ,मुबारक पठान र कादिर अन्सारी चयन हुनु भएको नवनिर्वाचित सचिव आलमगिर खानले जानकारी दिनुभयो ।

 कार्यक्रममा प्रमुख अतिथि देवेन्द्रराज कण्डेलले नेपालमा सँख्यात्मक रुपमा मुस्मिलको संख्या कम भएपनि यस भातृसंग्ठनलाई पार्टिले महत्वपुर्ण संग्ठनको रुपमा लिएको बताउनु भयो । नेता कण्डेलले ईस्लाम धर्मावलम्बहरु पार्टिमा सक्रिय र बिश्वसनीय भुमिका निर्वाह गर्दै सहयोग गरेको भन्दै प्रशंसा गर्नु भयो । 

कार्यक्रममा पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, नेपाल मुस्मि संघकी केन्द्रिय उपाध्यक्ष माननीय कौशर शाह, सांसदहरु बिक्रम खनाल, देवकरण कलवार, जिल्ला उपसभापति अर्जुन पोख्रेल, महासमिति बिष्णु पौडेल, महासमिति सदस्य राजेन्द्र सहानीय, क्षेत्र नम्बर ४ का सचिव माधव पाण्डे, रामग्राम नगर सभापति नरायण रेग्मी, लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मोहम्मद ईजहार शेषले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा