फागुन २३, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २३, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय "/>

2026-07-25 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित


फागुन २३, सप्तरी । सप्तरीमा आज भएको हिंसात्मक घटनापछि नेकपा (एमाले) को मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन भएको छ । 

सो घटनापछि स्थायी कमिटीको आकस्मिक बैठकले स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै तीन दिनका लागि अभियान सार्ने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । यही फागुन २४, २५ र २६ गते तीन दिन स्थगनपछि फागुन २७ गतेदेखि अभियान पूर्ववत् सञ्चालन हुनेछ । 

एमालेको पूर्वघोषित अभियानअन्तर्गत आज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधबीच जनसभा सकिएपछि नेताहरु फर्कने क्रममा हिंसात्मक घटना भएको थियो । 

मेची–महाकाली राष्ट्रिय अभियान प्रभावकारी र शान्तिपूर्ण ढङ्गले अगाडि बढिरहेको र जनता उत्साहपूर्वक सहभागी भइरहेकामा आजको घटनाबाट पार्टी दुःखी भएको जनाउँदै एमालेले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गर्ने, र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले हिंसात्मक गतिविधि प्रदर्शन गरेको आरोप लगाइएको छ । 

यही फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानअन्तर्गत मङ्गलबार सिरहा र जनकपुरमा कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक