फागुन २४, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रजिअ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रजिअ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । 
2026-07-24 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीडीओ र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न माग

फागुन २४, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । 

मोर्चाको आज राजविराजमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समावेशी न्यायिक छानबिन समिति गठन गर्नसमेत आग्रह गरेको छ । 

मोर्चाको बैठकपछि मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबार प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका तीनै जनालाई सहिद घोषणा गरी मृतकका परिवारलाई राहत तथा एकसदस्यलाई सरकारी रोजगारी दिनुपर्ने माग गरिएको छ । 

मोर्चाले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नमा जोड दिएको छ । विज्ञप्तिमा सप्तरीमा तीनजनाको मृत्यु हुने गरी भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगको ध्यान नपुगेको आरोप पनि लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक