पर्वत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि"/>

2026-07-25 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता ः उपराष्ट्रपति पुन

पर्वत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हँुदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहन पुग्नु र आगामी दिनमा हुदै गरेका तीन तहका निर्वाचनमा महिलाहरुको अधिकारलाई हरेक वडा, तह र क्षेत्रमा समान अधिकार प्रत्याभूत गरिएको बताए । 

रेडियो दिदिवहिनी पर्वतको सातौ बार्षिक उत्सव तथा नवौं पश्चिमाञ्चल महिला महोत्सवको मंगलबार उपराष्ट्रपति पुनले उद्घाटन गर्दे सो कुरा बताएका हुन् । 

नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जानको लागि महिलाहरुलाई ढोका खोलिदिएको बताउँदै उपराष्ट्रपति पुनले अबका दिनका संविधानले उल्लेख गरे अनुसारका अधिकारहरु महिलाहरुले प्राप्त गर्ने र महिला र पुरुषको बराबरीता कायम हुनेमा विश्वास व्यक्त गरे ।

अझै पनि पितृ शताम्क देश रहेको पनि हरेक क्षेत्रमा महिलको समान अधिकार र अस्तित्व स्वीकार गरिसकेको अबस्था नरहेता पनि नेपालको संविधानले महिला र पुरुषलाई समान अबसर प्रदान गर्दै राज्यको माथिल्लो तहमा समेत महिलाको नेतृत्व रहेको भन्दै यसलाई संस्थागत गर्नको लागि अब हुदै गरेका तीन तहका चुनावमा उल्लेखनीय रुपमा सहभागी हुनको लागि उनले आग्रह गरे ।

 देशका भएको १० बर्षे जनयुद्ध त्यसपछिका आन्दोलन र त्यागका कारण यो अबसर मिलेको बताउँदै यसलाई चुक्न नदिनको लागि अब हुने चुनावहरु सफलताका साथ सम्पन्न गर्नको लागि एक जुट हुनुपर्ने बेला आएको बताए ।

अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख जस्ता राज्यका महत्वपूर्ण पदमा एकै पटक महिला नेतृत्व एक शताब्दीभन्दा लामो सङ्घर्षको प्रतिफल भएको बताउँदै सो प्रतिफललाई बचाइराख्नको लागि सवै लाग्नुपर्नेमा जोड दिए ।

उनले रेडियो दिदिबहिनी महिलाहरुको नेतृत्वमा संचालन हुनु र महिलाहरुको आवाजलाई बुलन्द गर्न सक्नु आफैमा सुखद भएको भन्दै रेडियोको भवन तथा अवाश्यक मेसिनरी औजारका समाग्रीहरु खरिदको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ