2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह प्रशासनको आरआरमा ताला, स्नातकोत्तरकाे प्रवेशपत्र बाहिरैबाट वितरण, पठनपाठन ठप्प

प्रज्वल पाैडेल/फागुन २५, काठमाडौं । राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्नराज्य लक्ष्मी (अार.अार.) क्याम्पसमा विगत एक हप्तादेखि पठनपाठन ठप्प भएकाे छ ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनकाे कारण फागुन १७ गतेदेखि पठनपाठन ठप्प भएकाे हाे । पुर्व निर्धारित कार्यक्रम अनुसार फागुन १८ गते चुनाव हुन नसकेपछि विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच पुन सहमति भइ फागुण २३ गते स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुने गरि नयाँ निर्वाचन कार्य तालिका सार्वजनिक भएकाे थियाे ।

तर फागुन २३ गते विहानैबाट क्याम्पस प्रशासनलाई जानकारी नदिई माथीकाे अादेश भन्दै प्रहरीले क्याम्पसमा ताला लगाई क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षक,कर्मचारी विद्यार्थीलाई क्याम्पस प्रवेशमा राेक लगाएपछि क्याम्पसमा विवाद सिर्जना भएकाे थियाे।

साेमबार स्ववियुका लागि मतदान गर्न विद्यार्थी बिहान करिब ५:३० बाट लाईनमा बसेपनि निर्वाचनकाे कार्यलाई अगाडि बढाउन नदिई गृह प्रशासनले हस्तक्षेप गरेर क्याम्पस कब्जामा लिएकाे अनेरास्ववियुरत्नराज्य लक्ष्मी क्याम्पस कमिटीका अध्यक्ष तपेन्द्रबहादुर शाहिले बताउनुभयो ।

विद्यार्थीहरू मतदान गर्न नपाएपछि साेमबार सडकमा नै नाराबाजी र नाचगान गरेर दिनभरि बिताए। क्याम्पस गृह प्रशासनले कब्जा गरेपछि अखिलले मतदान गर्न पाउनु पर्ने नारा लगाएकाे र अन्य केही विद्यार्थी संगठनले मतदान गर्न नहुने भन्दै नाराबाजी समेत गरेका थिए ।

यता निर्वाचनकाे सबै तयारी पूरा भईसकेकाे अवस्थामा फागुन २२ साँझसम्म सामान्य रहेकाे क्याम्पस परिसरलाई विना सूचना नियन्त्रणमा लिनुलाई गम्भीर ध्यानाकर्षण भएकाे रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख डा.निर्मला कुमारी सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा गृहप्रशासनकाे नाङ्गाे हस्तक्षेपमा अाफूले क्षमा याचना गरि क्याम्पस प्रशासनलाई नबुझाएसम्म क्याम्पसकाे जिम्मेवारी गृह प्रशासननै रहेकाे बताउदै सामान्य अवस्था नभएसम्म पठनपाठन गर्न नसक्ने जानकारी दिएकाे छ ।

यसैविच क्याम्पसले विज्ञप्ति जारी गरेसँगै त्रिभुवन विश्वविद्यालयले समेत प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण जनाएकाे छ । विज्ञप्तिमा क्याम्पसले ताेकेकाे समयमा निर्वाचन गर्ने कार्यमा नेपाल सरकार गृह मन्त्रालय र सुरक्षा निकायबाट सहज र सुलभ हुनु पर्नेमा साे नभई क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्नुले त्रिभुवन विश्वविद्यालय दुखित बनाएकाे बताईएकाे थियाे ।

यता अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष नविना लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा काङ्ग्रेस माअाेवादी गठबन्धनकाे सरकारले निर्वाचन अाचारसंहिता निर्देशिका उल्लङघन गरेकाे प्रति ध्यानाकर्षण जनाएको छ । विज्ञप्तिमा निर्वाचन प्रक्रियामा अगाडि बढेका क्याम्पसमा अविलम्ब मतदान प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेकाे छ ।

यसैविच क्याम्पस सिल गरिएकाले मंगलबार पठनपाठन ठप्प भएपनि स्नातकोत्तर तह द्वितीय बर्षकाे परीक्षाकाे प्रवेश पत्र क्याम्पस गेट बाहिरबाटै वितरण गरिएकाे छ । विद्यार्थीकाे परीक्षा नजिकिएकाे र गृह प्रशासनले क्याम्पस प्रशासनलाइ तालाबन्दी गर्नुकाे अाैपचारिक पत्र र कारण नबुझाएकाले बाहिरबाट प्रवेशपत्र वितरण गर्नुपरेकाे जनाएकाे छ । क्याम्पस बन्द भएपछि शिक्षक विद्यार्थी मंगलबार गेट बाहिरबाटै फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक