2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पत्रकार महासंघ डडेल्धुरा शाखाकोअध्यक्षमा साउँद

फागुन २५, डडेल्धुरा । तीन दिन सम्मको रस्साकस्सीपछि सबैको सहमतिमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको नयाँ कार्य समिति चयन भएको छ ।

 मतदान नै गर्नेगरी दुई प्यानलमा उभिएका जिल्लाका क्रियाशिल पत्रकारका सबै संगठनहरुले अन्ततः मंगलबार सहमति गर्दै मान बहादुर साउदको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेका हुन् ।

प्रेस चौतारीका निवर्तमान अध्यक्ष रहेका साउद अध्यक्ष रहने गरी प्रेस चौतारी, प्रेस युनियन, पे्रस सेन्टर, प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध पत्रकारहरु गरी १४ सदस्सीय नयाँ समिति चयन भएको हो ।

चयन भएको नयाँ समितिको उपाध्यक्षमा राजेन्द्र ठगुन्ना, महिला उपाध्यक्षमा बन्दना बम, सचिवमा हिक्मत बहादुर सिंह, सह–सचिवमा पदम बोहरा, महिला सहसचिवमा गौरी नेपाली, कोषाध्यक्षमा हरिष चन्द, खुल्ला सदस्यहरुमा ललित बोहरा, ज्ञानेन्द्र भाट, लोकेन्द्र ओझा र राम खत्री रहेका छन् । 

त्यस्तै दलित सदस्यमा प्रकाश पार्की, महिला सदस्यमा किरण थापा र जनजाती सदस्यमा गणेश मगर रहेका छन् । यस अघि अध्यक्षको दाबी गर्दै आएका प्रेस चौतरी डडेल्धुराका बर्तमान अध्यक्ष उत्तर बिष्टले संगठन निमार्णको लागी आफु् जस्तो सुकै त्याग गर्ने सक्ने भन्दै अध्यक्षको पदमा उम्मेदवारी नदिए पछि सहमाती भएको थियो ।

यस्तै शाखाको छैटौँ जिल्ला अधिवेशनबाट ८ जना केन्द्रिय सभासद र १० जना प्रदेश सभासद सहमतिमै चयन भएका छन् ।

केन्द्रिय सभासदमा चयन भएकाहरुमा छत्र साउद, उत्तर बिष्ट, नवराज भण्डारी, संगीता भण्डारी, गणेश रोक्का, भुवनेश्वर बोहरा र लाल बहादुर ऐरी रहेका छन् ।

यस्तै प्रदेश सभासदमा झलक पाली, यादव ओझा, सम्झना पाण्डे, प्रजापति भूल, लक्ष्मीकान्त पनेरु, भुपेन्द्र बिष्ट, टेकराज अवस्थी, बरुण पनेरु, बाबुराम श्रेष्ठ र जनक ऐडी चयन भएका छन् । यसैबीच यता प्रदेश सभासदमै चयन भएका नेपाल प्रेस युनियन जिल्ला शाखा डडेल्धुराका अध्यक्ष टेकराज अवस्थी र प्रेस सेन्टर नेपालका जिल्ला शाखा अध्यक्ष करन ताम्राकारले असन्तुष्टि जनाउँदै सयुक्त प्रेश विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा बन्दसत्र समापन तथा मनोनयन पत्र समेत दर्ता नगरि निर्वाचन परिणाम घोषणा भएको भन्दै आपत्ति प्रकट गरिएको छ । साथै दुई संगठनका अध्यक्षहरुले जारी गरेको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गर्ने बैठक, सहभागितात्मक उपस्थिति लगायतका सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।

तर यता तिनै संगठनका व्यक्ति नयाँ समिति, केन्द्रिय सभासद र प्रदेश सभासदमा सहभागि रहँदा समेत विज्ञप्ती जारी गर्नु उनीहरुको आफ्नै लज्जा भएको चयन भएको नयाँ समितिले जनाएको छ । हारको निश्चित भईसकेपछि अनावश्यक बखेडा झिकेको आरोप लगाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ