http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा"/>
2026-07-25 11:48 AM
पर्बत - PBT

यी हुन माओवादी केन्द्र पर्वतका स्थानीय निकायका उम्मेदावार

http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा माओवादी पर्वतले स्थानीय तहको निर्वाचन आउनु दुई महिना अगावै आफ्नो उम्मेदवारी तय गरेको छ । स्थानीय तहको चुनावको लागि नेकपा माओवादी पर्वतले केन्द्रिय सदस्यहरुलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ । सोही अनुसार जिल्लाका सात स्थानीय निकायमा केन्द्रिय सदस्यहरुलाई मैदानमा उतार्ने भएको छ जस अनुसार जलजला गाउँपालिकामा प्रमुखको रुपमा बिगतदेखि नै कृयाशिल भएर लागेका पुराना माओवादी नेता तथा जनयुद्धका घाईते बाबुराम कार्की,  कुश्मा नगरपालिकामा बिद्यार्थीबाट स्थापित भएका शंकर गिरी,  मोदी गाउँपालिकामा प्रधानमन्त्री कार्यालयमा रहेका मनहरी तिमिल्सीनाको चर्चा रहेता पनि मनबहादुर पौडेल दाबिको रुपमा आउने बताइएको छ ।

त्यस्तैै फलेवास नगरपालिकामा प्रेम राना, महाशिला गाउँपालिकामा दुर्गा तमु, पैयु गाउँपालिकामा जयनारायण तिवारी, र बिहादी गाउँपालिकामा जनयुद्धकाल देखि नै त्यस क्षेत्रमा स्थापित नेता कृष्ण पराजुली प्रमुखको रुपमा मैदानमा उत्रिने माओवादी विशेष स्रोतले बतायो । स्रोतका अनुसार स्थानिय निकायमा उम्मेदवारी दिनेहरुकोे लिष्ट समेत तयार भएको छ । पर्वतका नगरपालिका र गाउँपालिका गरि निर्माण भएका सात स्थानिय तहमा नेताहरुको कार्यविभाजन समेत गरी सकेको जनाएको छ । सोही अनुसार उनीहरुले आफ्नो क्षेत्रका एकता अभियान तथा  पार्टी विस्तारलाई तिब्र बारेको र प्रचारप्रसारमा लागेको बुझिएको छ । 

स्थानिय निकायको निर्वाचनमा आकांक्षीहरु धेरै भएपनि जित्न सक्ने अनुहारको खोजी यो बेला माओवादी केन्द्रमा तिब्र गतिमा भएको भन्दै एक नेताले भने हामीले लगभग धेरै कुरा मिलाई सकेका छौं अब मनोनयन गर्न मात्रै बाकीँ हो भन्दै उनले थपे ।

त्यस्तै अर्का माओवादी नेता भन्छन् लगभग उहाँहरु नै स्थानिय निकायको निर्वाचनमा माओवादीको रथ हाक्ने नेताहरु हो । अरु केहि पनि आकांक्षी हुनुहुन्छ उहाँहरुलाई पार्टीले अन्यकाममा संवोधन गर्ने बताए ।

जस अनुसार माओवादीले कुन कुन गाउँपालिकामा चुनाव जित्नसक्छ भन्ने बारे पनि लामै बहस भएको छ । त्यसमा केहि गाउँपालिकामा माओवादीको बहुमत हुने भताएको छ । विशेष शुत्र अनुसार जलजला गाउँपालिका, बिहादी गाउँपालिका र पैयु गाउँपालिकामा माओवादीको ब्रचश्य रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला