चैत ४, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ ।
मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिकामा अधिकृत तोकिएको हो।