पढ्न करिब 2 मिनेट लाग्छ

श्याम थापा/चैत ५, नवलपरासी । नवलपरासी जिल्लाको पक्लिहवा गाबिसलाई प्रदेश न ४ मा राखिएको र जनसंख्याको हिसाबले पक्लिहवा गाबिस दुई वटा वार्ड हुनुपर्नेमा एक वार्ड बनाएकोमा पक्लिहवा गाबिसका स्थानीय बासीहरुले घोर बिरोध गरेका छन ।

साथै पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा र दुई वार्डमा बिभाजन गर्नु पर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ । पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा राखिनु पर्ने र गा बि स लाई दुई वार्ड मा बिभाजन गर्नुपर्ने भनी नवलपरासी क्षेत्र न ६ का माननीय सांसद देवकरण प्रसाद कलवारलाई पक्लिहवा गा बि स का स्थानीयहरुको मागलाई केन्द्र सम्म पुर्याई दिन को लागि बिशेष अनुरोधको साथै ज्ञापन पत्र बुझाएका छ्न ।

पक्लिहवाका समाजसेवी ओमप्रकाश तिवारीको नेतृत्वमा गएको टोलिले सांसद कलवारको आफ्नै निवासमा गई माननीय सांसद कलवारलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सांसद कलवारले यस विषयमा आफुले सांसद भवनमा छलफल गर्ने र केन्द्र मा पनि यो विषयमा कुरा राख्ने साथै पक्लिहवा गा बि स का स्थानीयबासीहरु को माग जायज भएकोले आफुले पनि सक्दो सहयोग र पहल गर्ने भनी प्रतिबद्धता जाएर पनि गर्नु भएको छ ।