2026-07-25 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले ९ जिल्लामा र कांग्रेसले १ जिल्लामा चुनाव लड्न नपाउने

चैत ६, काठमाडौँ | राप्रपा नेपालले देशका बिभिन्न ९ जिल्लामा चुनाव लड्न नपाउने भएको छ भने कांग्रेसले १ जिल्लामा चुनाव लड्न नपाउने भएको छ । 

राप्रपा नेपालले यो पटकको चुनावमा मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा चुनाव लड्न नपाउने भएको छ । यस्तै नेपाली कांग्रेसले डोल्पामा स्थानीय तहको चुनाव लड्न नपाउने भएको छ ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समय दिएको थियो । तर यस अवधिमा राप्रपाले जिल्ला स्थित आफ्नो दल दर्ता गर्न नसक्दा निर्वाचनमै भाग लिन नपाउने भएको हो । 

९ जिल्लामा आफ्नो दल दर्ता गर्न छुटेपछि राप्रपाले पुन: निवेदन दिएको थियो । तर, आयोगले उसको निवादनलाई अस्विकार गरिदियो । 

कांग्रेसले पनि निर्वाचन आयोगले दिएको समय सिमा भित्रै डोल्पा जिल्लामा दल दर्ता गरेन । आफु डोल्पामा छुटेपछि कांग्रेसले पनि पुन: दर्ताको लागि निवेदन दिएको थियो तर आयोगले उसको निवेदन स्वीकृत गरेन । 

अब के गर्न सक्छन कांग्रेस र राप्रपाले ? 

निर्वाचनमा बिभिन्न जिल्लामा दर्ता छुटेपछि कांग्रेस र राप्रपालाई तनाब त भएको छ नै तर आयोगले उनीहरुलाई बैकल्पिक बाटो पनि देखाएको छ । आयोगका अनुसार दर्ता नभएका जिल्लाहरुमा कांग्रेस र राप्रपाले स्थानीय चुनाव लड्न नपाएपनि ति जिल्लाहरुमा स्वतन्त्र हैसियतमा उठ्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ