2026-09-19 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा २७ दल दर्ता, नेतृत्व लिन युवाको सक्रियता बढ्यो

चैत ८, दाङ । सरकारले यही वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसँगै यहाँका युवाले दौडधूप थालेका छन् । उनीहरुले टिकटका लागि जिल्लादेखि केन्द्रसम्ममा आफ्नो पक्षमा पैरबी गर्न सुरु गरेका छन् । 

विगत लामो समयदेखि लामो समयदेखि स्थानीय चुनाव नभएकाले पनि युवा वर्गले नेतृत्व गर्ने अवसर पाउन सकेका छैनन् । त्यसकारण पनि अहिले युवाको आकाङ्क्षा बढी देखिनु स्वाभाविक भएको नेताहरु बताउँछन् । 

कतिपय युवाले सामाजिक सञ्जालमार्फत उम्मेदवार भएको घोषणासमेत गरेका छन् । स्थानीय तहको चुनाव लामो समयदेखि नहुँदा आफूहरु राजनीतिमा आउन समेत नपाएको युवा नेता कुलबहादुर विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो – “म राजनीतिमा आउने समयदेखि स्थानीय चुनाव भएको छैन ।” जिल्लामा युवा सक्रिय भएर पार्टीलाई दबाब दिएपनि प्रमुख पार्टीले दबाब नआएको बताएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले अहिलेसम्म पार्टीमा युवा जमातको दबाब नआएको बताउनुभयो ।” 

लामो समयदेखि चुनाव नभएकाले पनि युवा उत्साहित हुनु स्वभाविक रहेको उहाँको भनाइ छ । 

नेकपा (एमाले)का जिल्ला अध्यक्ष टीकाराम खड्काले स्थानीय तहको चुनावमा टिकट पाउन युवा वर्गको कुनै दबाब नआएको र अबको नेतृत्व युवाले गर्ने अवसर आएको बताउनुभयो । 

“युवाको चासो हुनु स्वभाविक हो तर दबाब छैन,” लामो समयपछि हुन लागेको चुनावमा युवाले अवसर पाउनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार पार्टीले चैतको अन्त वा वैशाख पहिलो सातासम्म उम्मेदवारको छनोट गरिसक्ने छ । 

नेकपा (माओवादी केन्द्र) जिल्ला इन्चार्ज जीवन गौतमले माओवादी पार्टी युवाको नै पार्टी भएको बताउनुभयो । “पार्टीमा धेरै युवा नै रहनुभएको छ,” गौतमले भन्नुभयो । पार्टीमा आन्तरिक रुपमा चुनाव लागेको उहाँको बुझाइ छ । 

दाङमा २७ दल दर्ता 

वैशाख ३१ गते हुन लागेको निर्वाचनमा जिल्लामा २७ राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगले पार्टी दर्ता माग गरेको समयावधिमा जिल्लामा २७ वटा दलले दल दर्ता गरेको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँुवरले जानकारी दिनुभएको छ । 

आयोगले पुस २५ गतेसम्म जिल्लास्तरीय समितिमार्फत क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन आह्वान गरेको थियो । 

यसअनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनजागरण पार्टी नेपाल, तराई–मधेस सद्भावना पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल कम्युनिष्ट पार्टी माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी रहेका छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, थरहट तराई पार्टी, नेपाल जनता पार्टी, नेपाल आमा पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युनिष्ट पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, नयाँशक्ति पार्टी नेपाल, हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, जनसमाजवादी पार्टी नेपाल र देशभक्त समाज पार्टीले निर्वाचनमा भाग लिने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो