2026-07-24 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदो निर्वाचनमा कस्ता व्यक्तिले लड्न पाउँछन् ? कसरी छानिन्छ उम्मेदवार ?

चैत ८, काठमाडौं । लामो समयको अन्तरपछी नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यो पटक झन्डै ४ लाखको हाराहारीमा उम्मेदवार उठ्दैछन । यत्रो संख्यामा उम्मेदवारले लड्ने आगामी चुनावमा लड्न कस्तो मापदण्ड चाहिएला त ? यो कुरा धेरैलाई चासोको कुरा हो त्यसैले हामीले तपाईलाई यससम्बन्धि जानकारी गराउन गईरहेका छौं ।

– उम्मेदवार हुनका लागि नेपाली नागरिक हुनुपर्छ र उम्मेदवारी दर्ता गर्न नागरिकताको प्रमाणपत्र चाहिन्छ । 

– उम्मेदवारको उमेर कम्तिमा २१ बर्ष पूरा भएको हुनुपर्छ ।

– मतदाता नामावलीमा नाम दर्ता गराईसकेको हुनुपर्छ । 

– जुन स्थानमा तपाईंले मतदाता नामावली छ त्यहाँबाट मात्र तपाइले स्थानीय तहको चुनाव लड्न पाउनुहुन्छ । (उदाहरणको लागि यदि तपाईको नामावली धादिङ्ग जिल्लामा छ तर तपाइँ काठमाडौँको कुनै स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने तपाइले पाउनुहुन्न । यस्तो अवस्थामा तपाइँ चुनाव लड्न आफ्नो मतदाता नामावली भएकै स्थानको स्थानीय तहमा पुग्नुपर्ने हुन्छ ।) 

– उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको नागरिक हुनुपर्छ ।

उम्मेदवार कसरी छानिन्छ ? 

स्थानीय निर्वाचनमा सम्वन्धित स्थानीय तह (जुन गाउँपालिका र नगरपालिका अन्तर्गत पर्छन) उल्लेख भएका त्यहाँका मतदाता नामावलीमा नाम भएका नागरिकहरुले बिभिन्न पदमा बिभिन्न दल तथा स्वतन्त्रबाट उठेका उम्मेदवारहरुलाई निर्वाचनको दिन मतदान गर्छन । 

एउटै मतदाताले ७ जना उम्मेदवार (स्थानीय तहको प्रमुख, उपप्रमुख, आफ्नो वडाको वडाध्यक्ष र बाँकी चार जना सदस्य)लाई मतदान गर्नेछ । यसरी निर्वाचनमा जसले पद अनुसार सबैभन्दा बढी मत प्राप्त गर्छ, त्यसको विजय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक