2026-06-28 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शक्ति नेपालको ढोरपाटन नगरसमितिमा टेकबहादुर कुँवर

2017-03-25

कृष्ण कँडेल/चैत १२, बागलुङ । नयाँ शक्ति नेपाल पार्टि ढोरपाटन नगरपालिकाको भेलाले टेकबहादुर कुँवरको संयोजकत्वमा नगर स्तरिय समित गठन गरेको छ । 

भेलाले पार्टिको ढोरपाटन नगरपालका स्तरिय ३६ सदस्यीय समिति गठन गरेको हो । भेलाले पार्टिका विभिन्न जनबर्गिय संगठनको समिति पनि गठन गरेको नयाँ शक्ति पार्टिले जनाएको छ । विद्यार्थी तर्फ रोशन कुँवर, महिला तर्फ तिलकुमारी कुँवर, दलित तर्फ गोपाल विश्वकर्मा र शिक्षक तर्फ झईन्द्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । 

त्यस्तै युवा अभियान तर्फ भुमिराज महत, किसान तर्फ संकर कुँवर, कर्माचारी तर्फ चुडामणी भुषाल र कलाकार तर्फ थमप्रकाश गिरीलाई संयोजक बनाएको छ । भेलामा बोल्दै नयाँ शक्ति पार्टि नेपालका केन्द्रिय परिषद् सदस्य तथा बागलुङ जिल्ला संयोजक चित्र सापकोटाले मुलुकमा उद्यामशिलताको वातावरण नहुँदा दैनिक सयौँ युवा विदेशिनु परेको भन्दै राज्यले मुलुक समृद्धिको आधार तयार गर्नुपर्ने र युवाहरु उद्यमशिलता तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले राजनितिक स्थायित्व र तिब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्याकारी शासन पद्धति अनिबार्य रहेको बताउनुभयो । सापकोटाले नयाँ शक्तिले पुर्ण बहुमत सहित ५ बर्ष राज्य सञ्चालन गर्ने अबसर पाए आर्थिक बिकासमा मुलकलाई अहिलेको अबस्थाबाट धेरै माथि लैजाने दाबि गर्नुभयो । 

उहाँले स्थानिय निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा जिल्ला परिषद् सदस्य शंकर कुँवर, गोपाल विक, युवा अभियानका थमप्रकाश गिरी, विद्यार्थीबाट तिलकुमारी कुँवर र शिक्षकको तर्फबाट झईन्द्रप्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो । भेला टेकबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी