By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    5 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- ‘सीमा अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- ‘सीमा अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’
कन्चनपुर - KNCकाठमाडौँ - KTMराजनीति

कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- ‘सीमा अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’

साझासवाल
Last updated: March 25, 2017 1:33 pm
साझासवाल
4 Min Read
Share


चैत १२, कञ्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । 

सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । 

आन्तरिक रुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखण्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो । आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उहाँले बताउनुभयो । 

“मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाईकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु”– गृहमन्त्री निधिले भन्नुभयो, “भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” आनन्द बजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौँ वर्षदेखि नरहेको बताउँदै उहाँले सिमाङ्कनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताउनुभयो । 

“पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन”– निधिले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाईहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु ।” उहाँले भन्नुभयो, “स्थलगत सर्वेपछि सीमाको विवाद टुङ्ग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ ।” 

आनन्द बजारमा विवादका बेला खटिएको नेपाली सुरक्षाकर्मीबाट गोली नचलेको बताउँदै सहिद गौतमलाई लागेको गोली स्तरीय हतियारको रहेको मन्त्री निधिले जानकारी दिनुभयो । “शव परीक्षण र विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट पनि भारतीय सुरक्षाकर्मीकै गोलीबाट घटना भएको देखिन्छ,” मन्त्री निधिले भन्नुभयो । 

घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । नेपाल–भारतको संयुक्त रुपमा गठन भएका तीनवटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उहाँले बताउनुभयो । 

“सीमाको विषय टुङ्ग्याउन थप दुईवटा सर्वे टोली बनाएर काम थाल्ने विषयमा भारतले पनि सहमति जनाएको छ,”– निधिले भन्नुभयो, “संयुक्त टिमको सर्वेपछि सीमा विवाद टुङ्गिनेमा विश्वस्त छु ।” 

कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नुभयो । पुनर्वास पुग्नुभएका गृहमन्त्री निधिसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, कृषि विकासमन्त्री गौरीशङ्कर चौधरी, सांसदहरु नारायण प्रकाश साउद, बहादुरसिंह थापा र दिवानसिंह विष्ट, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले सहिद गौतमलाई गोली हानिएको कल्भर्ट निर्माण क्षेत्रको समेत निरीक्षण गर्नुभयो । 

सहिद परिवारलाई काँग्रेसको सात लाख सहयोग 

नेपाली काँग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाईंलाई रु एक लाख प्रदान गरेको छ । काँग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । 

त्यस्तै नेपाल विद्यार्थी सङ्घ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाईंको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ । घटनाका घाइते चापागाईंलाई उपचारका लागि आजै गहृमन्त्री निधिसँगै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । 

कार्यक्रममा सहिद गौतमको तस्बिरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बारेमा मन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article निःशुल्क स्वास्थ्य शिविरमा छ सय दुई लाभान्वित
Next Article रत्न राज्यलक्ष्मी क्याम्पसमा चैत १५ गते स्ववियु निर्वाचन हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपश्चिमी रुकुम - RKMसमाज

नेकपाका कार्यकर्ताद्वारा पत्रकारमाथि छुरी प्रहार

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

1 year ago
काठमाडौँ - KTMखेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त

57 years ago
काठमाडौँ - KTMविश्व

अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि…

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?