नन्द बहादुर ऐडी/चैत १३, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन गर्नु होभन्ने बताउँनुभयो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर ऐडी/चैत १३, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन गर्नु होभन्ने बताउँनुभयो । 
2026-07-25 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन: उर्जामन्त्री

नन्द बहादुर ऐडी/चैत १३, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन गर्नु होभन्ने बताउँनुभयो । 

कसले जित्ने र कस्ले हार्ने भन्दा पनि हामीले अंगाल्दै आएका ऐजेण्डा संस्थागत केकति भए भन्ने कुरामा ध्यान दिन आवश्यक छ भन्नुभयो । तारकेश्वर नगर समितिको प्रथम ऐतिहासिक नगर सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री शर्माले यो देशमा माओवादी नहुने हो भने जनताका परिवर्तनका उपलब्धीहरु हराउँदै जानेछन् भन्नुभयो । माओवादीको नेतृत्वमा रहेको सरकारले अंगिकार गरेका जनपक्षिय नीति तथाकार्यक्रमका बारेमा जनतालाईसुसुचित गर्न जरुरीछ । 

हामीले उज्यालो नेपाल, नेपालको पानी जनताको लगानी लगायतका विभिन्न जनपक्षिय कार्यक्रम ल्याएका छौ, सो कार्यक्रमको बारेमा जनतालाई जानकारी दिनुपर्छ ।  प्रदेश नं ३ का ईन्चार्ज झक्कु प्रसाद सुवेदीले एमाले भनेको संघीयता विरोधी पार्टी हो । 

हिजोका दिनमा संघीयताको विरोध गर्दै हिड्ने पार्टीसँग हामी किन डराउँने ? हामीले आफना ऐजेण्डा टोलटोलमा घरघरमा पुयाउँन आवश्यकछ । जनता हाम्रा आमाबुवा हुन् । आमाबुवाको अगाडी जान हामी किन डउाउँने भन्दै कार्यकर्तालाई जनतको माझमा जानको लागि आग्रह समेत गर्नुभयो । 

नेकपा माओवादी नेकपा माओवादी केन्दको पोलिट व्यूरो सदस्य एवं काठमाडौं जिल्ला ईन्चाज लेखनाथ न्यौपानेले एमालेले राष्टियताका खोक्रा कुरालाई रटान गर्दै आएको छ ।  राष्टघाती काम गर्नेहरुले राष्टियता र राष्टवादीका कुरागर्न सुहाउँदैन् । हामीले हाम्रो राजनीतिक दलका नेताहरुले गर्ने हरेकखालका गतिविधीलाई नजिकबाट नियाल्नुपर्छ । दिउँसो राष्टवादी नारा रटान गर्ने र राती आफनो छोराछोरीलाई छात्रवृत्रि मिलाई दिनुपर्यो भनी दुतावास धाउँने नेताहरु पनि छन् भन्नुभयो नेता न्यौपानेले । 

यस्तै गरि नेकपा माओवादी नेकपा माओवादी केन्दको पोलिट व्यूरो सदस्य एवं तारकेश्वर नगर समितका ईन्चाज हिमाल शर्माले जनताको अधिकार जनतालाई नै दिने ऐजेण्डा माओवादीको हो भन्ने दावी गर्नुभयो । माओवादीले संविधानको ऐजेण्डा ल्याएको हो । संविधान निर्माण भयो र सो संविधानमा संघियताको व्यवस्था पनि माओवादीको अडानमा भएको हो । संघीयताको मुल रुप भनेको अधिकार सहितको स्थानीय तहको निर्माण गर्नु हो, जसमा जनताको अधिकार जनतालाई नै दिने अर्थात सिंहदरवारमा भएको अधिकार गाउँ नगरमा पुग्ने व्यवस्था रहेको छ । यसको कार्यन्वनको लागि स्थानीयतहको निर्वाचन अपरिहार्य छ भन्नुभयो । 

यस्तै गरि  पव्लिक क्याम्पस विभागका प्रमुख धनलाल मर्हजनले संविधान कार्यन्वयनसँगै स्थानीय तहको निर्वाचनलाई जोड्न आवश्यक छ । जसले सिंहदरवार केन्द्रित जनताको अधिकार गाउँ नगरमा पुयाउँने काम गर्नेछ । यसैले सो निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित्नुपर्छ र सोही अनुरुप हाम्रा ऐजेण्डालाई जनता माझ लिन सक्रिय रुपमा लाग्नुपर्ने बताए । 

यस्तै गरि नेकपा माओवादी केन्द्र टोखा नगर कमितिका अध्यक्ष कल्पना शर्माले नजिकिदै गरेको स्थानीय निर्वाचनबाट महिलाका हक अधिकार सुनिश्चित र संस्थागत हुनेछ र महिला दिदी बहिनीहरुले आफनो अधिकारको लागि नेतृत्वमा आउँन आजैबाट सक्रिय रुपमा लाग्नुपर्ने बताईन । 

अध्यक्ष शर्माले प्रथम तारकेश्वर नगर सम्मेलनमा सहमतीबाट नेतृत्व चयन होस् भन्ने शुभकामना समेत दिईन । यस्तै गरि कार्यक्रममा स्वागत मन्तव्य दिनेक्रममा तारकेश्वर नगर समतिका सहईन्चाज माधव तिमिल्सेनाले आजको सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ हामीले सक्षम र नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई प्रभावकारी रुपमा नेतृत्व दिन सक्ने खालको व्यक्ति चयन गर्नुपर्छ । 

हाम्रो पाटीले ल्याएका जनपक्षिय नीति तथा कार्यक्रमलाई जनताका घरदैलोमा पुयाउँन आवश्यक छ भन्नुभयो । नेकपा माओवादी(केन्द्र) तारेकश्वर नगर समतिको ऐतिहासिक प्रथम नगरसम्मेलन भव्य रुपमले सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक