पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।<"/>
2026-09-19 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा काँग्रेसका यी हुन सम्भावीत उम्मेदवार

पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।

 बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी पर्वतमा सात स्थानीय तहका लागि नेपाली काँग्रेसबाट सम्भावीत उम्मेदवारहरुको नाम बाहिर आउन थालेको छ । २ नगरपालिका र ५ गाउँपालिकामा नेका पर्वतबाट चर्चामा आएका सम्भावीत नामवली यस्तो छ ।

कुश्मा नगरपालिका 

कुश्मा नगरपालिकामा नेपाली काँग्रेसबाट रामचन्द्र जोशीको नाम पहिलो मेयरको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।कुश्मा नगरपालिका संयोजकमा समेत रहेका उनी सामाजिक व्यक्तित्वका रुपमा पनि चिनिन्छन् । नेका पर्वतका कुश्मा नगरपालिका बाट उनले टिकट पाउने अधिकांशको धारणा रहेको छ । त्यस्तै डा. चुणामणि शर्मा पनि नगरपालिका भित्र मेयरका दाबेदारका रुपमा उम्मेदवार हुने देखिएको छ ।  

निवृत्त शिक्षक समेत रहेका उनी लायन्स क्लबमा आवद्ध रहेर जिल्लामा सामाजि क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनलाई पनि मेयरको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । भने अर्को गंगाधर पौडेल पनि मेयरका सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । त्यस्तै बशन्त बहादुर सिकेलाई पनि सम्भावित उम्मेदवारका रुपमा लिइएको छ । 

महिला तर्फबाट सिता काफ्ले हुने सम्भावना देखिएको छ । पार्टीको पछिल्ला चर्चा परिचर्चा अनुसार यीनीहरुमध्येबाट एक वा अन्य पनि आउने सक्ने सम्भावना देखिएको छ । काँग्रेसमा अन्य पनि मेयरको लागि महत्वकाक्षि राखेको देखिएको छ ।

फलेवास नगरपालिका 

फलेवास नगरपालिका अन्तरगत मेयरका लागि शहिद पुत्र गंगाधर तिवारीलाई बलियो सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका तिवारी सम्भावित फलेवास नगरपालिकाका मेयरका उम्मेदवारका रुपमा लिएको छ । त्यस्तै युक्तप्रसाद श्रेष्ठलाई पनि बलियो उम्मेदवारका रुपमा लिइएको छ ।

 लायन्स क्लबका पूर्व गर्वनर समेत रहेका श्रेष्ठ सामाजिक क्षेत्रका क्रियाशिल रहेका कारण पनि उनी पनि मेयरका लागि बलियो उम्मेदवार हुन सक्ने मानिएको छ । महिला तर्फ रेखा गुरुङ र राधा कुमारी क्षेत्रीलाई सम्भावित बलियो उम्मेदवारका रुपमा लिइएको छ ।

मोदी गाउँपािलका 

मोदी गाउँपालिका अन्तरगत नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइ बलियो मानिएको छ । तर उनी गाउँपालिकामा नै सिमित नरहेन बताउँदै आएका छन् त्यसलै पनि उनीपछिका सम्भावितका रुपमा महेश शर्मा चापागाई, बलभद्र चापागाइ, जिवन प्रसाई देखिएका छन् । महिलामा सम्भावित उम्मेदवारका रुपमा मिना केसी मानिएकी छिन् । जौमाया प्रसाइ पनि सम्भावित उम्मेदवारको रुपमा रहेकी छिन् । 

जलजला गाउँपालिका 

जलजला गाउँपालिका अन्तरगत नेका पर्वतको सम्भावित उम्मेदवारका रुपमा दुर्गा बहादुर खत्री, चन्द्र बहादुर जिसी, कृष्ण केसी, रुद्रलाल उपाध्याय देखिएका छन् । त्यस्तै महिला तर्फ सिमा पुनको उम्मेदवारी हुने सम्भावना देखिएको छ । 

विहादी गाउँपालिका 

विहादी गाउँपालिका अन्तरगत मेयरका लागि आनन्द भुषाल सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । त्यस्तै तिलक कुवँर पनि मेयरका लागि बलिया मानिएका छन् ।

महाशिला गाउँपालिका 

महाशिला गाउँपालिकामा अशोक उचाई ठकुरी, मोहन गुरुङ, उज्जवल गुरुङ सम्भावित मेयरका उम्मेदवार हुने देखिएको छ ।

पैयू गाउँपालिका 

पैयूँ गाउँपालिका अन्तरगत खगेन्द्रं तिवारी, भिमसेन गुरुङ मेयरका लागि प्रमुख दाबेदार र सम्भावित उम्मेदवारीका रुपमा हेरिएको छ ।


नेका पर्वतले उम्मेदवारको नामवली ढुंगो लगाएका छैन । माथि उल्लेखीत नामवली सम्भावितका रुपमा मात्रै रहेका छन् । यीनै उम्मेदवारी दिनेमा नपर्न पनि सक्छन् । पार्टीको विधान र नियम अनुसार फरक व्यक्तिलाई समेत टिकट प्रांप्त हुनसक्छ तर माथि उल्लेखीत महोत्वकाक्षि र हुने सक्ने सम्भावितका रुपमा मात्रै हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो