2026-09-19 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

मोहम्मद ईजहार शेष/चैत १५, परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणनिधि तिवारी र राधेश्याम पाठकको प्रस्तावक समर्थकको कारवाही फिर्ता लिने बिषयलाई केन्द्रिय कार्य समितिको बैठकमा राख्नु भएको छ । 

दोस्रो संविधान सभाको चुनावमा तिवारी नवलपरासी क्षेत्र नम्बर ४ मा नेता कण्डेल बिरुद्धनै बागी उम्मेदवारी दिएका थिए भने राधेश्याम पाठकले निर्वाचन क्षेत्र नम्बर ५ मा बागि उम्मेदवारी दिएका थिए ।

अहिले तिवारी र पाठक गल्ती स्विकार गरी पार्टिमा दृढताका साथ काम गर्न आग्रह गरेकाले उनिहरुको कारवाही फुकुवाको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले सिफरिस गरेको उँहाले जानकारी दिनुभयो । 

कांग्रेसको हिजोवाट सुरु भएको केन्द्रिय कार्य समितिको बैठकमा आफनो धारणा राख्ने क्रममा नेता कण्डेलले मधेसी मोर्चाले उठाएको मांगको सम्बोधनका लागि कांग्रेसले अझै बलका साथ अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ । 

नेता कण्डेलले कार्यपालिका र न्यापालिका बिच को सम्बन्ध, स्थानीय निकाय को सीमान्कन मा भएको धाधली, गाउँपालिका/नगरपालिका को उम्मेदवार को मापदण्ड, पदाधिकारी को पुर्णता, भारतीय सिमा मा भारतीय रुपैया को सटही सुबिधा, चर्को ब्याज र रास्ट्रबैक बाट बैक लगानी मा लगाईएको नियन्त्रण लगायतका बिषयमा आफनो धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा