२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काँग्रेस निसीखोलाको अध्यक्ष र उपाध्यक्षका लागि साबिक गाविसबाट नाम सिफारिस हुने

२०७३, १५ चैत्र मंगलवार १५:११

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेपाली काँग्रस बागलुङको निसीखोला गाउँपालिका स्तरिय बैठकले साविकका गाविसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार हुनका लागि बढिमा ३ जना आकाङिक्षको नमावली सिफारिस गर्न गाउँ कार्यसमितिलाई निर्देशन दिएको छ । 

आज निसीखोलाको कान्छि बजारमा भएको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साबिकका राजकुत, देबिस्थान, बोहरागाउँ र निसी गाविसबाट बढिमा तिन जनाको नाम सिफारिस गर्न निर्देशन गरेको हो । साविकका गाउँ कार्यसमितिले ३ भन्दा बढिको नाम सिफारिस गर्न पाउने छैनन् । 

तिन वा तिन भन्दा थेरैको नाम सिफारिस गर्नसक्ने जिल्ला सदस्य प्रकाश कुँवरले जानकारी दिनुभयो । यसरी आउने नाम माथि गाउँपालिका स्तरिय बैठकमा छलफल गरेर उम्मेद्वार चयन गर्ने प्रक्रिया अघि बढाईने उहाँले बताउनुभयो । जिल्ला सदस्य तारानाथ पौडेलको अध्यक्षतामा भएको बैठकले  गाउँपालिकाका सबै वडामा आम सभा गर्ने निर्णय पनि गरेको छ । 

चैत्र २४ गतेदेखि ३१ गतेसम्म सबै वडामा वडा स्तरिय आमसभा गर्ने र बैसाख ३१ गते सबै वडाबाट ¥याली सहित निसीखोला गाउँपालिका स्तरिय बृहत सभा बडा नम्बर–३ को झिवाखोलामा गर्ने निर्णय भएको छ । 

चैत्र २४ गते बडा नम्बर–६ मा, २५ गते  ५ मा, २७ गते ४ मा, २८ गते ३ मा, २९ गते २ मा, ३० गते १ मा र चैत्र ३१ गत वडा नम्बर–७ मा वडा स्तरिय आम सभा हुनेछन् । 

बैठकले बिरामी अबस्थामा रहेका पुर्ब जिल्ला सभापती दिलेन्द्र रामजालीको स्वास्थ्यलाभको कामना गरेको छ । बैठक जिल्ला सदस्य तारानाथ पौडेलको अध्यक्षता र चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र