पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई "/>
2026-09-19 09:55 PM
पर्बत - PBT

माओवादी केन्द्रले स्थानीय तहमा इन्चार्ज तोक्यो

पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई पुर्नगठन गरेसँगै स्थानीय निकायका लागि संयोजक समेत तय गरेको छ ।

केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको हो । इन्चार्ज र संयोजकले स्थानीय तहको चुनावलाई लक्षित गरी पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ कमिटि गठन गर्ने जिम्मा दिइएको छ । 

केन्द्रिय सदस्यहरुलाई स्थानीय तहको संयोजकका रुपमा चयन गरेको छ । भने सोही अनुसार नयाँ कार्यसमिति समेत गठन गरिएको छ । पुरानो गाउँ विकास समितिको कमिटिलाई भंग गर्दै पुर्नसंरचना अनुसार वडा कमिटि पुर्नगठन गरेको छ ।

 कुश्मा नगरपालिकाको इन्चार्जमा सुदिप कुवँर र संयोजक शंकर गिरी रहेका छन् । त्यस्तै ,फलेवास नगरपालिकामा इन्चार्ज प्रेम राना, संयोजक भुवन शर्मा पौडेललाई तोकेको छ । 

जलजला गाउँपालिका इन्चार्ज बाबुराम कार्की, संयोजक दिपक आचार्यलाई पार्टीले तोकेको छ । मोदी गाउँपालिकामा इन्चार्ज कृष्ण विक, संयोजक मनबहादुर पौडेल रहेका छन् । विहादी गाउँपालिकामा केन्द्रिय सदस्य कृष्ण पराजुलीको अध्यक्षतामा विहादी गाउँपालिकामा नयाँ कमिटि गठन भैसकेको छ । 

महाशिला गाउँपालिका इन्चार्ज दुर्गा गुरुङ चयन भएका छन् । त्यस्तै पैयूँ गाउँपािलका इन्चार्ज जयनारायण तिवारी, सहइन्चार्ज पुर्णपसाद आचार्य, संयोजक काशीराम काफ्ले  रहेका छन् ।

माओवादी केन्द्रको बैठकले सबै स्थानीय तहका सदस्यमा साविकका गाउँ कमिटीका अध्यक्षसहितका पदाधिकारी र सोही तहभित्र रहेको क्षेत्रीय कमिटीका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ । २१ सदस्यीय गाउँ तथा नगरपालिका स्तरीय कमिटि गठन गर्ने निर्णय गरेको छ । केन्द्रले चैत्र मसान्तभित्र गाउँ तथा नगरपालिका स्तरीय कमिटि गठन गरिसक्नुपर्ने निर्णय  गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो