कृष्ण कँडेल/चैत १७, बागलुङ ।  नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा भएको छ । 

सम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत १७, बागलुङ ।  नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा भएको छ । 

सम्मे"/>

2026-06-28 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र तमानखोला–१ र २ को संयुक्त वडा सम्मेलन

2017-03-30


कृष्ण कँडेल/चैत १७, बागलुङ ।  नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा भएको छ । 

सम्मेलनले दुवै वडामा छुट्टाछुट्टै २५ सदस्यीय वडा समिति गठन गरेको छ । वडा नम्बर–१ मा मोतिप्रसाद गोतामेको अध्यक्षतामा गाउँपालिका स्तरिय समिति गठन गरिएको हो । उपाध्यक्षमा नरबहादुर रसाईली, सचिब तारा राम्जाली, कोषाध्यक्ष हिरा गोतामे र सहकोषाध्यक्ष मोतिलाल घर्ती रहनुभएको छ । 

नरबहादुर बुढाको संयोजकत्वमा थमबहादुर रोका, पुर्ण रसाईली र चन्द्र रसाईली रहेको सल्लाहकार समिति गठन भएको छ । त्यस्तै वडा नम्बर–२ मा झकप्रसाद विकको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । उपाध्यक्षमा टेकबहादुर रसाईली, सचिब योगेन्द्र घर्ती र कोषाध्यक्ष गौमायाँ घर्ती रहनुभएको छ । 


मिनबहादुर घर्तीको संयोजकत्वमा नरबहादुर रसाईली र शुशिल विक सदस्य रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश घर्तीले माओवादी आन्दोलनमा पछाडि परेको बर्ग समुदायमा राजनितिक जागरण ल्याएको भन्दै त्यसैको उपज अहिलेको समाबेशि प्रतिनिधित्वको सुनिष्चितता रहेको बताउनुभयो । उहाँले परिबर्तनका मुद्धालाई संस्थागत गर्दै आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लैजान माओवादी कै नेतृत्व अबश्यक रहेकोमा जोड दिनुभयो । 


कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईञ्चार्ज सुर्य सिरपाली, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका ईञ्चार्ज राजेन्द्र कुँवर, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका सहईञ्चार्ज चन्द्र अर्याल र नरबहादुर बुढाले माओवादीले उठाएका मुद्धा राष्ट्रिय राजनितिमा स्थापित भएको भन्दै त्यसको कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आबश्यक रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी