Image result for नेपाल दलित मुक्ति मोर्चापर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image result for नेपाल दलित मुक्ति मोर्चापर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल "/>
2026-06-28 03:14 AM
पर्बत - PBT

नेपाल दलित मुक्ति मोर्चाको प्रत्येक वडामा १५१ प्रचारप्रसार कमिटि गठन

2017-03-30

Image result for नेपाल दलित मुक्ति मोर्चापर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल दलित मुक्तिमोर्चा जिल्ला शाखा पर्वतले स्थानीय तह पुर्नसंरचना अनुसार आफ्नो जिम्मेवारी बाँडफाँड गरेको छ । साविक गाउँ विकास समितिमा रहेका मुक्तिमोर्चा भंग गर्दै नयाँ कार्यसमिति चयनको लागि तयारी थालेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गाबहादुर दर्जीको आथित्यतामा सम्पन्न भेलाले पुर्नसंरचना अनुसार पर्वतका दुइ नगरपालिका र पाँच गाउँपालिकामा संयोजक चयन गरेको छ ।

कुश्मा नगरपालिमा मोर्चाको संयोजकमा भिमबहादुर नेपाली, सहसंयोजक गोविन्द नेपाली, दुर्गाबहादुर नेपाली रहेका छन् । १७ सदस्यीय कमिटि गठन गरी स्थानीय चुनावको लागि अभियान थालेको छ । 

फलेवास नगरपालिकामा मेघलाल विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय कमिटि चयन गरेको छ जसको सह संयोजकमा कमला विक रहेकी छिन् । 

त्यस्तै जलजला गाउँपालिकामा दुर्गा बहादुर दर्जीको संयोजकमा मुक्ति मोर्चाको कमिटि तयार भएको छ । जसको सह संयोजक तारा बहादुर दर्जी रहेका छन् । २९ सदस्यीय कमिटि गठन भएको छ । 

मोदी गाउँपालिकामा मोर्चाको संयोजकको जिम्मा कृष्ण बहादुर विकले जिम्मेवारी लिएका छन् भने सहसंयोजकमा नम्रता नेपाली रहेकी छिन् । जून कमिटि १७ जनाको गठन गरिएको छ ।

विहादी गाउँपालिकामा दलित मुक्ति मोर्चाको संयोजकमा रुपमा हिरा नेपाली, सहसंयोजकमा हुमेन्द्र हिताङ रहेका छन् । २३ सदस्यीय कमिटि विस्तार भएको छ । त्यस्तै महाशिलामा २५ सदस्यीय मोर्चाको कमिटि गठन भएको छ । जसको संयोजकमा होमबहादुर विक, सहसंयोजकमा अनासरी नेपाली रहेका छन् । त्यस्तै पैयूँ गाउँपालिकामा नरबहादुर विकको संयोजकत्वमा १७ सदस्यीय दलित मोर्चा गठन भएको छ । जसको सहसंयोजकमा डिलबहादुर सुनार रहेका छन् । 

मोर्चाका जिल्ला अध्यक्ष मेघलाल विश्वकर्माको अध्यक्षताल भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतमले पार्टी दलितको पक्षमा रहेको र दलित मुक्तिको लागि माओवादीलाई विजय गराउनुपर्नेमा जोड दिए । उनले माओवादीको १० बर्षे जनुयुद्धबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै काँधमा आएको भन्दै स्थानीय तहमा माओवादीलाई विजय गराउनको लागि मोर्चा अग्रसर हुनुपर्नेमा जोड दिए । दलितका हक अधिकारलाई संस्थागत गर्दै स्थानीय तहदेखि केन्द्रिय स्तरसम्म दलितका आवाजलाई समावेश गर्नको लागि पनि माओवादीलाई अग्र स्थानमा लैजानुपर्ने भन्दै उनले त्यसको लागि मोर्चाले भूमिका निभाउनुपर्ने बताए । 

दलित मोर्चाका केन्द्रिय सदस्य दर्गा बहादुर दर्जीले माओवादीले दलितका लागि खेल्दै आएको भूमिका अतुलनीय रहेको र आगामी दिनमा दलितहरुको अधिकार स्थापित गर्नको लागि पनि मोर्चा तयार हुनुपर्ने बताए । उनले माओवादी केन्द्रले थालेमो दलित मुक्तिको आन्दोलनलाई अग्रता दिने जिम्मेवारी मोर्चाको काँधमा रहेको र सोही अनुसार अगाडि बढाउनुपर्नेमा जोेड दिए । 

कार्यक्रमको संचालन मोर्चाका जिल्ला सचिव भिमबहादुर नेपालीले गरेका थिए भने स्वागत कमला विकले गरेकी थिइन् । पर्वत जिल्लामा  झण्डै ३३ हजार दलित समुदायमा मतदता रहेको अुनमान गरिएको छ ।

चुनावलाई लक्षित गरी चयन भएको मोर्चा कमिटिले यहि चैत्र मसान्त भित्र वडास्तरीय कमिटि गठन गरी चुनाव प्रचारप्रसारमा लाग्ने जनाएको छ । मोर्चाले प्रत्येक वडामा १५१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी