2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

कांग्रेस बैठकले उम्मेदवार छनौट गर्न सकेन, स्थानीय तहमै टुंग्याउन निर्देशन

लोकेन्द्र प्रशाद जोशी/चैत १७, दार्चुला । नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यसमिति बैठकले स्थानीय तहको लागि सिफारिस भइ आएका उम्मेदवारहरुको नामावली माथि छलफल गरेको छ । 

बुधबार सकिएको बैठकले ७ गाउँपालिका र २ नगरपालिका, वडा तहबाट सिफारिस भइ आएका उम्मेदवारका नामावली माथि छलफल गरेको हो । हरेक तहबाट उम्मेदवारको संख्या सहमतिमा आउन नसकेको भन्दै सम्बन्धित तहमै उम्मेदवार टुंग्याउन बैठकले निर्देशन गरेको सचिव हरकसिह विष्टले जानकारी दिनुभयो । 

नौगाड गाउँपालिका, मार्मागाउँपालिका र शैल्यशिखर नगरपालिका बाहेकका अन्य क्षेत्रबाट उम्मेदवारका आकांक्षी बढि देखिएका छन् । नौगाड गाउँपालिकामा जगतसिह ठगुन्ना, मार्मा गाउँपालिकामा गोपालदत्त जोशी र शैल्य शिखर नगरपालिकामा अमरसिह धामीको नाम चर्चामा आएको हो ।

बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका र वडापालिकाका उम्मेदवार छान्न छनौट समिति समेत चयन गरेको छ । उता अपि हिमाल गाउँपालिकाबाट दुइ जनाको नाम प्रमुख र उपप्रमुखमा आएको छ । 

गाउँपालिका प्रमुखमा लोकेन्द्रसिह लोथ्याल र डम्मरसिह कार्की तथा उपप्रमुखमा देवकी ठेकरे र जीउनी ठेकरेको नाम सिफारिस भएको छ । अन्य गाउँपालिका र महाकाली नगरपालिकामा दर्जन बढि उम्मेदवारका आंकाक्षी देखिएकोले सम्बन्धित क्षेत्रमै मिलाउन निर्देशन गरिएको विष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई