2026-06-28 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

निर्वाचनले पाल्पाकागन्धर्व समुदायमा उत्साह

2017-04-01

चैत १९, पाल्पा । नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले पाल्पाका गन्धर्व समुदाय उत्साहित भएका छन् । 

राज्यका नीति निर्माण तहमा अतिन्यून सहभागिता रहेको यो समुदाय निर्वाचनपछि स्थानीय तहबाट आफ्नो समुदायको हितमा काम हुने आशा र विश्वासमा छ । करिब २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुननसक्दा जनताका काम सोचे अनुसारको हुन नसकेको र पहँुचवालाले मात्र योजना पारेको र दलका नेताले आफू अनुकूलका योजना निर्माण गरी रकम खर्च गर्ने गुनासो बढेको बेला निर्वाचन नजिकिँदा महिला, दलित, जनजातिमा उत्साह ल्याएको हो । 

तानसेन नगरपालिका– ६ का दिनेश गन्धर्वले पहिलोपटक स्थानीय तहमा मतदान गर्ने अवसर पाउने हुनु भएपछि खुसी हुनुहुन्छ । उहाँ लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा कर्मचारीको भरमा मात्र स्थानीय निकायको नेतृत्वले न्यायोचित रुपमा विकासको लहर ल्याउन नसकेको र दलित समुदायको बजेट अन्यत्र खर्च भएकाले अब आफू नै वडाध्यक्ष बनेर समुदायको हितमा काम गर्ने सोचमा हुनुहुन्छ । 

तानसेन नगरपालिका– ६ का ५६ वर्षीय रामबहादुर गन्धर्वले यसपालिको निर्वाचनमा आफूले चिनेको राम्रो काम गर्नेसक्ने क्षमता भएको उम्मेदवारले मात्र मत पाउने बताउनुभयो । पटक÷पटक मतदान गरे पनि अहिले पार्टीको नेता भन्दा राम्रो काम गर्ने क्षमतावान मान्छेले मत पाउने छ । 

पाल्पा जिल्लाका– २ नगरपालिका र ८ गाउँपालिकामा ८१ वटा वडाबाट जनप्रतिनिधि निर्वाचन हुनेछन् । यसपालिको निर्वाचनमा दलित महिला एकजना, महिला एकजना, खुल्लामा दुईजना र एकजना वडाध्यक्ष दलहरुले उम्मेदवारी दिनुपर्ने बाध्यताको कारण पनि दलित महिलामा गन्धर्व समुदायको प्रतिनिधित्व हुने सम्भावना देखिएको छ । 

गन्धर्व समुदायका पुरुषको यसपालिको निर्वाचनले स्थानीय तहमा प्रतिनिधित्व चुनिने सम्भावना बढेको छ । २०६८ सालको जनगणनाअनुसार ९८ पुरुष र ९५ महिला गरी कुल पाल्पाको तानसेन नगरपालिकाभित्र एक सय ९३ जना र रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित ११ महिला र ११ पुरुष गाउँ र रम्भा गाउँपालिकाको ताहुमा आठ पुरुष र १९ महिला गन्धर्व समुदायको जनसङ्ख्या रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी